सन्तान प्राप्तिको कामनाले आज पुत्रदा एकादशी व्रत गरिँदै
सारांश
- आज पुत्रदा एकादशीको व्रत लिइँदैछ, जसले सन्तान प्राप्तिको कामना पूरा गर्ने विश्वास छ।
- पौराणिक मान्यता अनुसार, यो व्रत गर्नाले सबै पाप हरण हुने र पुत्र लाभ हुने उल्लेख छ।
- पण्डितका अनुसार, पुत्रदा एकादशीको व्रत र मन्त्र जपले सन्तान प्राप्तिको बाटो खोल्छ।
काठमाडौँ । आज पौष शुक्ल एकादशी पुत्रदा एकादशीको व्रत गरिँदै छ । यो एकादशीको विधिपूर्वक व्रत गर्नाले सन्तान प्राप्ति हुने विभिन्न पौराणिक एवं शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।
यो एकादशीको माहात्म्य युधिष्ठिरले सोधेपछि भगवान् श्रीकृष्णले आज्ञा गर्दै पुत्रदा एकादशीको व्रतले सबै पापलाई हरण गर्ने उल्लेख गरेको विभिन्न ग्रन्थमा लेखिएको छ । समस्त कामना तथा सिद्धिका दाता भगवान् लक्ष्मीनारायण यस तिथिका अधिदेवता हुन् । यो दिन भगवान्को पूजा अर्चना तिल, तुलसी अर्पण गरी कुन्दको फल र पक्वान्न अपुङ्गोको नैवेद्य चढाएर दारिमको अर्घ्य भगवान्लाई दिई ब्राह्मणलाई घ्यू दान दिनुपर्ने विषय पौराणिक एवं शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटाले बताए ।
परापूर्वकालमा भावतीपुरीका राजा सुकेतुमान तथा महारानी चम्पा धेरै समयसम्म कुनै पुत्र नभएका कारण चिन्तामा डुबेका थिए । एक दिन राजा घोडामाथि चढेर वनतर्फ प्रस्थान गरे । त्यहाँ उनले एउटा सरोवरको नजिकमा ऋषिमुनिको आश्रम भेटे । ऋषि मुनिद्वारा गुञ्जायमान वेद–पाठले राजा अत्यन्त प्रभावित भए ।
त्यस दिन पुत्रदा एकादशी परेको थियो । ऋषिमुनिले राजालाई व्रत गराए । जुन व्रतले व्रतकर्तालाई पुत्र–सुख प्रदान गर्ने सामथ्र्य राख्ने बताए । मुनिको निर्देशानुसार राजाले पुत्रदा–एकादशीका दिन उपवास बसेर द्वादशीका दिन व्रतको पारायण गरे । यस अनुष्ठानको पुण्य फलले उनले सुन्दर र तेजस्वी पुत्र प्राप्त गरे । पुत्रदा एकादशीको व्रत लिनाले यस जन्ममा सन्तान सुख भोगेर मृत्युपछि स्वर्ग प्राप्त गर्दछ ।
पुत्रदा एकादशीको माहात्म्यलाई पढ्नाले र सुन्नाले मात्र पनि अग्निष्टोम यज्ञ वा अश्वमेध यज्ञ गरे सरहको फल प्राप्त हुन्छ । पुत्र प्राप्तिको कामना हुने भक्तजनले पुत्रदा एकादशीबाट प्रारम्भ गरी निम्न मन्त्रको प्रतिदिन कम्तीमा पनि पाँच माला अर्थात् ५०० पटक जप गर्नाले सिद्धि प्राप्त हुने विश्वास छ, ‘क्लीं देवकीसुत गोविन्द वासुदेव जगत्पते । देहि मे तनयं कृष्ण त्वामहं शरणं गतः क्लीं’ मन्त्रको जपपछि सन्तान गोपाल स्तोत्रको पाठ गर्नाले निःसन्तानले सन्तान–सुख प्राप्त गरेका उदाहरण प्रशस्त भेटिने गरेको पण्डित देवकोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण