हाम्रा मौलिक संस्कार र संस्कृतिहरू नेपाली पहिचानका बलिया स्तम्भ : प्रचण्ड
सारांश
- प्रचण्डले तमु ल्होसार र म्हैप्रु नकुमा पर्वको अवसरमा शुभकामना व्यक्त गरे।
- उनले पर्वहरूले नेपालको बहुसांस्कृतिक पहिचानलाई जीवन्त राख्न मद्दत पुर्याएको बताए।
- प्रचण्डले पर्वहरूले नेपालीहरूबीचको सद्भाव र सहिष्णुतालाई मजबुत बनाउने कामना गरे।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले तमु समुदायको महान् पर्व 'तमु ल्होसार' र दुरा समुदायको 'म्हैप्रु नकुमा' पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले यी पर्वहरूले नेपालको बहुसांस्कृतिक पहिचानलाई विश्वसामु जीवन्त राख्न मद्दत पुर्याएको उल्लेख गरे।
हाम्रा मौलिक संस्कार र संस्कृतिहरू नेपाली पहिचानका बलिया स्तम्भ भएको बताउँदै यिनै विविधताले समाजलाई एकताबद्ध बनाएको प्रचण्डले उल्लेख गरेका छन्। आपसी सद्भाव र सहअस्तित्वलाई नेपाली सांस्कृतिक जीवनको सुन्दर आधार मान्दै उनले परिवर्तनका हरेक आन्दोलनमा यी बहुल समुदायको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गरे।
शुभकामना सन्देशमा उनले बहुजाति, बहुभाषा र बहुसंस्कृतिको संगमस्थल रहेको नेपालमा सबै समुदायको सहअस्तित्व, समानता र समावेशितालाई जोड दिएका छन्। राज्य नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र राष्ट्रिय एकता सुदृढ हुने विश्वास व्यक्त गर्दै उनले गणतन्त्रको छहारीमा यस्ता संस्कृतिहरूको संरक्षण र प्रवर्द्धन गर्नु आजको प्रमुख आवश्यकता रहेको बताए।
अन्त्यमा, उनले ल्होसार र म्हैप्रु नकुमा पर्वलाई हर्षोल्लासका साथ मनाउन आग्रह गर्दै यी पर्वहरूले नेपालीहरूबिचको पारस्परिक सद्भाव र सहिष्णुतालाई अझ मजबुत बनाउने कामना समेत गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण