कांग्रेसका महाधिवेशन प्रतिनिधि कर्ण रास्वपाको समानुपातिक सूचीमा
मङ्गलबार, १५ पुस २०८२, ११ : ३७
सारांश
- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि खगेन्द्र कर्ण रास्वपाको समानुपातिक सूचीमा परेका छन्।
- कर्ण मधेसी क्लस्टरको २ नम्बरमा परेका छन् र उनले कांग्रेसबाट अलग्गिएको घोषणा गरे।
- रास्वपाको सूचीमा उनको नाम ८९ नम्बरमा रहेको छ, र उनले पहिले नै कांग्रेसबाट अलग भएको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा तरुण दलका केन्द्रीय सदस्य खगेन्द्र कर्ण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा परेका छन् ।
रास्वपाले सोमबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक प्रणालीतर्फको बन्द सूचीमा मधेसी क्लस्टरको २ नम्बरमा नाम परेपछि मंगलबार कर्णले नेपाली कांग्रेसबाट अलग्गिएको घोषणा गरेका हुन् ।
मधेसी पुरुषतर्फ दोस्रो नम्बरमा उनको नाम छ । रास्वपाको ११० सदस्यीय सूचीमा उनको नाम ८९ नम्बरमा छ ।
कांग्रेसको मान्छे रास्वपाबाट समानुपातिक सूचीमा परेकोबारे रातोपाटीको प्रश्नमा कर्णले कांग्रेसका क्रियाकलापमा पहिलाबाटै अलग रहेको तर घोषणा नगरेको बताए । रास्वपाको समानुपातिक सूचीमा परेपछि मंगलबार सार्वजनिक घोषणा गरेको कर्णले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण