बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

यो हो यस वर्षको सर्वाधिक हिट बलिउड फिल्म

मङ्गलबार, १५ पुस २०८२, १३ : ३९
मङ्गलबार, १५ पुस २०८२

सारांश

  • २०२५ मा प्रदर्शनमा आएका धेरै भारतीय चलचित्रहरूले राम्रो आम्दानी गरे तापनि, कुनै पनि वर्षको सबैभन्दा ठूलो हिट बन्न सकेनन्।
  • ५० लाख भारुको बजेटमा बनेको गुजराती चलचित्र 'लालो: कृष्ण सदा सहायते' २०२५ को सबैभन्दा ठूलो हिट बन्यो र १२० करोड भारु कमायो।
  • 'लालो' ले आमिर खानको 'सेक्रेट सुपरस्टार'को रेकर्ड तोड्यो, जसले लगानीको आधारमा भारतीय सिनेमाको इतिहासमै सबैभन्दा धेरै नाफा कमायो।

नयाँ दिल्ली । २०२५ भारतीय सिनेमाका लागि निकै सफल वर्ष साबित भएको छ । वर्षभरि प्रदर्शनमा आएका धेरै चलचित्रले उल्लेखनीय आम्दानी गरे । सैयारा, एक दिवाने की दिवानियात र तेरे इश्क में जस्ता रोमान्टिक चलचित्रले राम्रो प्रतिक्रिया पाए भने धुरंधर, छवा र कान्तरा च्याप्टर–१ उच्च आम्दानी गर्ने चलचित्रमध्ये परे । तर तीमध्ये कुनै पनि चलचित्र वर्षको सबैभन्दा ठूलो हिट बन्न सकेनन् ।

यस वर्षको सर्वाधिक हिट चलचित्रको उपाधि भने ५० लाख रुपैयाँको बजेटमा बनेको सानो गुजराती चलचित्रले पाएको छ ।

५० लाख भारुको बजेटमा बनेको गुजराती चलचित्र ‘लालोः कृष्ण सदा सहायते’ २०२५ को सबैभन्दा ठूलो हिट बनेको छ । यो चलचित्र अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने गुजराती चलचित्र बनेको छ । फिल्मले बक्स अफिसमा १२० करोड भारु कमाएको छ । लगानीका आधारमा यो भारतीय सिनेमाको इतिहासमै सबैभन्दा धेरै नाफा कमाउने चलचित्र बनेको छ । चलचित्रले करिब २४ हजार प्रतिशत नाफा कमाएको बताइएको छ ।

तोड्यो ‘सेक्रेट सुपरस्टार’को रेकर्ड

‘लालोः कृष्ण सदा सहायते’ ले यसअघि आमिर खानको चलचित्र सेक्रेट सुपरस्टार ले बनाएको रेकर्ड तोडेको छ । जायरा वसीम अभिनीत सेक्रेट सुपरस्टार १५ करोड भारुको बजेटमा बनेको थियो र यसले करिब ९०० करोड भारु आम्दानी गरेको थियो । सो चलचित्रको नाफा करिब ६ हजार प्रतिशत रहेको थियो ।

‘लालोः कृष्ण सदा सहायते’ मा कुनै ठूला स्टार छैनन् । चलचित्रमा न गीत छन्, न नृत्य, न त एक्सन नै । यो एक भक्तिपूर्ण नाटकमा आधारित चलचित्र हो । यति हुँदाहुँदै पनि यसले थुप्रै ठूला ब्लकबस्टर चलचित्रलाई पछि पार्दै सर्वाधिक हिट बन्न सफल भएको छ ।

अंकित सखियाद्वारा निर्देशित यस चलचित्रमा रिवा रमछ, श्रुहद गोस्वामी, करण जोशी र मिष्टी कडेचाले अभिनय गरेका छन् । चलचित्र २०२५ अक्टोबर १० मा हलमा रिलिज भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप