शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
राजनीति

बाख्रा, कुखुरा र स्यालले मोर्चा गरेर केही हुँदैन : केपी ओली

मङ्गलबार, १५ पुस २०८२, १६ : १२
मङ्गलबार, १५ पुस २०८२

सारांश

  • केपी शर्मा ओलीले एमालेको ११औँ महाधिवेशन धेरै हिसाबले अर्थपूर्ण रहेको बताए।
  • ओलीले जनअनुमोदित नेतृत्व एमालेसँग रहेको र चुनावबाट राष्ट्रिय फैसला दिने बताए।
  • उनले रास्वपा, उज्यालो नेपाल पार्टी र बालेन शाहको एकतालाई 'दुब्लाहरूको मोर्चाबन्दी' भने।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११औँ महाधिवेशन धेरै हिसाबले अर्थपूर्ण र सामयिक रहेको बताएका छन् । 

मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा गरेको ‘एमालेको ११औँ महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले जनअनुमोदित नेतृत्वको टिम एमालेसँग रहेको बताएका हुन् । 

लोकप्रियता र अलोकप्रियताका सिर्जना गरिएका भाष्यलाई महाधिवेशनले जवाफ दिएको पनि ओलीले बताए । 

महाधिवेशनले अर्को जवाफ दिने तयारी गरेको भन्दै ओलीले देशमा को लोकप्रिय छ भन्ने चर्चा चुनावसम्म रहने भन्दै कतिपयले प्रधानमन्त्री नै बनाइसकेको बताए । 

‘हामी चुनाव पर्खिरहेका छौँ । महाधिवेशनबाट धेरै कुराको जवाफ दिएजस्तै अब हुने निर्वाचनबाट राष्ट्रिय फैसला पनि दिनेछौँ’, ओलीले भने, ‘त्यसका लागि हामी तयार छौँ भन्ने महाधिवेशनले सन्देश दिएको छ ।’

अध्यक्ष ओलीले लोकतन्त्रले नै जित्ने भन्दै विशाल एमाले र कांग्रेस देखेपछि योसँग र उसँग मिल्ने क्रम जारी रहेको बताए । 

उनले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), उज्यालो नेपाल पार्टी(उनेपा) र काठमाडौँ महानगरका मेयर बालेन शाहबिच एकतालाई उनले दुब्लाहरूको मोर्चाबन्दीको संज्ञा दिँदै कुखुरा, बाख्रा र स्यालले मोर्चा गरेर केही नहुने दाबी गरे ।

उनले दुब्लाको काम नै मोर्चा गर्ने भन्दै अरू पनि मोर्चा हुने बताए । ‘घैँटामा बोकेको पानीले महासागरसँग कसरी प्रतिस्पर्धा सम्भव हुन्छ ?’ओलीले प्रश्न गर्दै भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप