साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी
काठमाडाैँ । साउदी अरेबियाले मङ्गलबार यमनको बन्दरगाह सहर मुकल्लामा हवाई आक्रमण गरेको छ ।
साउदी अरेबियाले यसलाई संयुक्त अरब इमिरेट्स (युएई) बाट आएको पृथकतावादी शक्तिका लागि हतियार ढुवानीको रूपमा वर्णन गरेको छ । यसका कार्यहरू ‘अत्यन्त खतरनाक’ हुने भन्दै अबु धाबीलाई चेतावनी दिइएको छ ।
यो आक्रमणले साउदी अरब र युएई समर्थित दक्षिणी ट्रान्जिसनल काउन्सिलबिचको तनावलाई बढाएको छ । यमनमा हुथी विरोधी फौजले युएईसँगको सहयोग तोड्दै २४ घण्टाभित्र आफ्ना सैनिक खाली गर्न आदेश दिएको छ । आक्रमणपछि विमानस्थल तथा बन्दरगाहहरूमा ७२ घण्टे प्रतिबन्ध जारी गरेको छ ।
साउदी प्रेस एजेन्सीले जहाजहरूमा अशक्त ट्र्याकिङ उपकरणसहित हतियार र बख्तरबन्द सवारी साधन ढुवानी भएको र त्यसलाई लक्षित गरी सीमित हवाई आक्रमण गरिएको बताएको छ । आक्रमणबाट कुनै ठूलो हताहत भएको पुष्टि भएको छैन ।
विश्लेषकहरूले यो आक्रमण दक्षिणी ट्रान्जिसनल काउन्सिलको अगाडि बढ्ने कदमलाई रोक्न र हदरामौत र महराका प्रान्तहरू छोड्न चेतावनी स्वरूप भएको विश्लेषण गरेका छन् ।
मुकल्ला यमनको हदरामाउट गवर्नरेटमा अवस्थित छ, जुन हाल काउन्सिलको नियन्त्रणमा छ । दक्षिण यमनलाई अलग्गै राष्ट्र बनाउन चाहने राजनीतिक आन्दोलनको केन्द्र बनेको छ ।
यस घटनाले साउदी अरब र युएईबिचको सम्बन्धमा दबाब सिर्जना गरेको छ । हालैका वर्षहरूमा यी दुई राष्ट्र घनिष्ठ भए तापनि क्षेत्रीय प्रभाव र व्यापारमा प्रतिस्पर्धा पनि बढेको छ । साउदी विदेश मन्त्रालयले यस आक्रमणसँग युएईको हालैका कार्यहरू प्रत्यक्ष रूपमा जोड्दै ‘अत्यन्त खतरनाक’ भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण