रास्वपाकाे बन्दसूचीप्रति जेनजीकाे असन्तुष्टि, निर्णयको कुर्सीमा सहरका ‘ब्रान्डेड अनुहार’ मात्र ?
काठमाडौँ । जेनजी अभियन्ता भावना राउतले नयाँ दलहरूलाई लक्षित गर्दै टिप्पणी गरेकी छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसकुबमा स्ट्याटस लेख्दै राउतले नयाँ दलहरूले आगामी प्रतिनिधिसभा निर्वाचन अन्तर्गत निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएकोप्रति असन्तुष्टि जनाएकी हुन् ।
उनले भनिन्,'समानुपातिक कसका लागि बनाइएको हो स्पष्ट छ । तर आज प्रश्न यो हो यसलाई कब्जा कसले गर्यो? निर्वाचन लड्न सक्ने शक्ति, पैसा, पहुँच र पहिचान भएकाहरूलाई समानुपातिक सूचीमा बस्दा अलिकति पनि लाज लागेन? के यहीका लागि आन्दोलन भयो ? के यहीका लागि जनआन्दोलन र रगत बगाइयो ? सुदूरपश्चिम, मधेस, दलित, जनजाति उनीहरूलाई आन्दोलनको अगाडि राख्ने, तर सत्ता र निर्णयको कुर्सीमा फेरि सहरका ‘ब्रान्डेड अनुहार’ मात्र ? यो प्रतिनिधित्व होइन, यो त खुला धोका हो । आफूलाई ‘वैकल्पिक’ भन्नेहरू झनै जिम्मेवार हुनुपर्ने होइन ? पुरानाले गरेको अन्याय दोहोर्याएर तिमीहरू कसरी नयाँ राजनीति भएको दाबी गर्छौ ?'
वैकल्पिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कलाकार, क्रिकेटर, गायकहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा राखेकाे छ ।
राउतले उनीहरूसँग चुनाव लड्ने स्रोत, मैदान, मिडिया भएको उल्लेख गर्दै भनिन्,'समानुपातिक त तिनका लागि होइन र जसले सधैँ अवसरको ढोका बन्द पाए। अरूको अधिकार खोसेर ‘परिवर्तन’ बेच्ने यो कस्तो राजनीति हो ?'
उनले यस्तो चरित्रले व्यवस्था नबदल्ने बरु विश्वास मार्ने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण