संघीय लोकतान्त्रिक मोर्चामा आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनबारे छलफल
काठमाडाैँ । संघीय लोकतान्त्रिक मोर्चाले आगामी राष्ट्रियसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा छलफल गरेको छ ।
मंगलबार लोकतान्त्रिक समाजावादी पार्टीको कार्यालय बबरमहलमा बसेको मोर्चाको बैठकले यसबारे छलफल गरेको हो । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले आउन लागेको राष्ट्रियसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा छलफल भएको बताए।
आगामी बैठकमा मोर्चामा संबद्ध सबै राजनीतिक दलका अध्यक्षहरुसँग बसेर उम्मेदवार र गठबन्धनबारे निर्णय लिने सहमति भएको बताए । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोर्चामा रहेका दलका उम्मेदवारहरु साझा बनाउनेबारे पनि छलफल भएको बताए ।
मोर्चाको अर्को बैठक पुस १८ गते अध्यक्षसहित बस्ने पनि उनले जानकारी दिए। मोर्चामा रहेका सात दलहरुमध्ये ४ दल एउटै भइसकेको र तीन दलहरुसँग तालेमल कसरी गर्ने भन्नेबारेमा सैद्धान्तिक सहमति गरिने बताए ।
निर्वाचनका लागि पुराना शक्तिहरु र नयाँ शक्तिहरुमध्ये कुनै एकसँग सहमति गरेर अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण