राष्ट्रिय भलिबल : पुलिस सेमिफाइनलमा
मङ्गलबार, १५ पुस २०८२, १९ : ५८
काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले नेपाल एपिएफ क्लबलाई पराजित गदै नवौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डलमा आज भएको खेलमा पुलिसले एपिएफविरुद्ध ३–२ को रोमाञ्चक जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । पुलिसले एपिएफमाथि २५–२१, २५–१५, २२–२५, २१–२५ र १५–९ को जित निकाल्यो ।
पुलिसको यो लगातार दोस्रो जित हो । यसअघि पुलिसले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हराएको थियो । यता एपिएफको भने यो पहिलो हार हो । पछिल्ला दुई खेलमा एपिएफले सुदूरपश्चिम र मधेस प्रदेश दुवैलाई ३–० को सोझो सेटमा हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण