पोखरा ‘ओपन तथा भेट्रान्स’ राष्ट्रिय टेनिसमा शिवाली च्याम्पियन
कास्की । पोखरामा जारी २२औँ संस्करणको ‘माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स’ राष्ट्रिय टेनिस प्रतियोगितामा महिलातर्फ शिवाली गुरुङ च्याम्पियन बनेकी छन् ।
पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा मंगलबार सम्पन्न एकलतर्फको फाइनल प्रतिस्पर्धामा शिवालीले नेपाल शीर्ष वरियताकी सुनिरा थापालाई ६–३, ६–२ को सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् ।
च्याम्पियन शिवालीले नगद रु ८० हजारसहित ट्रफी र मेडल पुरस्कार प्राप्त गर्दा सुनिराले रु ४० हजार र ट्रफी पाइन् । शिवालीले दुई साता अघि पोखरामामनै सम्पन्न आइटिएफ वर्ल्ड टेनिस टुर सर्किट १ र २ दुवैको उपाधि जितेकी थिइन् ।
यसैगरी ‘मेन्स सिङ्गल्स’तर्फ नेपाल नम्बर १ खेलाडी प्रदीप खड्काको यात्रा सेमिफाइनलमै सीमित बनेको छ । आयुष्मान हजुर घलेले खड्कालाई २–१ को सेटमा पाखा लगाउँदै फाइनल प्रवेश गर्न सफल भए । पहिलो सेट २–६ ले आफ्नो पक्षमा पारेका प्रदीपले दोस्रो र तेस्रो सेट क्रमश ६–४, ६–२ ले गुमाए ।
अर्को सेमिफाइनलमा करनबहादुर थापाले राजवीर प्रधानलाई ६–३, ६–२ को सोझो सेटमा पराजित गरे । योसँगै प्रतियोगिताको मुख्य इभेण्ट ‘मेन्स सिङ्गल’को उपाधिका लागि आयुषमान र करणबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल बुधबार हुने प्रतियोगिता संयोजक नवीन चालिसेले जानकारी दिए ।
यसैगरी ५५ वर्ष भन्दामाथिको पुरुष एकलतर्फ चन्द्र शाही प्रथम हुनुभयो । उहाँले जीवन घिमिरेलाई ६–०, ६–४ ले पराजित गर्दै उपाधि रक्षा गर्नुभयो । ४५ वर्षमाथि पुरुष एकलमा कमल भण्डारीले फाइनलमा देव क्षेत्रीलाई ६–२, ६–० को सोझो सेटमा हराउँदै उपाधि जिते ।
यसैगरी ३५ वर्षमाथि ‘सिङ्गल्स’मा पूर्व नेपाल नं १ जीतेन्द्र परियार र सन्तोष खत्री फाइनलमा भिड्ने भएका छन् । आज सम्पन्न सेमीफाइनलमा जीतेन्द्रले पेमा नोर्वुलाई ६–०, ६–२ ले तथा सन्तोषले भीष्मजङ गुरूङलाई ६–४, ६–४ ले पराजित गरी उपाधि नजिक पुगेका छन् ।
प्रतियोगितामा ‘मेन्स’ तथा ‘उमेन्स’ सिङ्गल्स, डबल्स तथा ३५+,४५+,५५+,६५ वर्षमाथि गरी विभिन्न १२ इभेन्टमा प्रतिस्पर्धा भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण