नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
बुधबार, १६ पुस २०८२, ०९ : ४७
सारांश
- नेकपा एमालेले प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवारको सूचीमा सुदूरपश्चिमका १० जनालाई समावेश गरेको छ।
- एमालेले निर्वाचन आयोगमा बुझाएको सूचीमा कैलालीका चार जनासहित १० नेताको नाम समावेश गरेको छ।
- सुदूरपश्चिम प्रदेश कमिटीले पठाएको सूचीबाट केन्द्रले १० जनाको नाम समावेश गरेको हो।
धनगढी । नेकपा एमालेले प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवारको सूचीमा सुदूरपश्चिमका १० जनालाई समेटिएको छ । एमालेले निर्वाचन आयोगमा सोमबार बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा कैलालीका चार जनासहित १० नेतालाई ११० जनाभित्र समेटेको हो ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणबहादुर चन्दकाअनुसार समानुपातिक सूचीमा कैलालीबाट लीला भण्डारी, हरिशंकर योगी, इच्छा चौधरी र सावित्रा घिमिरे परेका छन् । यस्तै, कञ्चनपुरबाट निरूदेवी पाल र कृपाराम राना, बझाङबाट एलबी रावल र भागरथी चन्द सिंह, अछामबाट बमबहादुर बिसी र दार्चुलाबाट जयेन्द्र सिंह ऐतवाल परेका छन् ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटीले समानुपातिक सूचीका लागि ९ वटै जिल्लाबाट प्राप्त नामको सूचीलाई छोटो बनाएर केन्द्रीय कमिटीमा पठाएको थियो । सोही सूचीबाट केन्द्रले १० जनाको नाम समावेश गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण