बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

परराष्ट्रमन्त्री बङ्गलादेश प्रस्थान

बुधबार, १६ पुस २०८२, ०९ : ५०
बुधबार, १६ पुस २०८२

काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन गए राति ढाका प्रस्थान गरेका छन् ।

मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी छन् । उनी भोलि पुस १७ गते स्वदेश फर्किने कार्यक्रम छ । नेत्री जियाले प्रधानमन्त्रीका रूपमा नेपाल–बङ्गलादेश सम्बन्ध सुदृढीकरणमा पुर्याएको योगदान स्मरणीय रहेको मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप