गाजामा ३७ सहायता समूहलाई इजरायलले लगाउँदैछ प्रतिबन्ध
सारांश
- इजरायलले गाजा र वेस्ट बैंकमा ३७ सहायता समूहहरूको लाइसेन्स रद्द गर्दैछ।
- नयाँ नियमहरू पूरा नगरेकोले, एक्सनएड र अन्तर्राष्ट्रिय उद्धार समितिसहितका संस्थाहरू प्रभावित हुनेछन्।
- बेलायत लगायत १० देशका विदेशमन्त्रीहरूले इजरायलको कदमको आलोचना गरेका छन्, जसले मानवीय सेवामा असर गर्ने जनाएका छन्।
तेल अभिभ । इजरायलले गाजा र वेस्ट बैंकमा आफ्नो कब्जा रहेको ३७ सहायता समूहहरूको लाइसेन्स रद्द गर्दैछ । नयाँ दर्ता नियमअनुसारको तोकिएको मापदण्ड पूरा नभएकोले यिनीहरूको आवश्यकताहरू पूरा गर्न असफल भएकोले यिनीहरूलाई सहायता वितरणमा बन्देज लगाउन लागिएको हो ।
एक्सनएड, अन्तर्राष्ट्रिय उद्धार समिति र नर्वेजियन शरणार्थी परिषद् जस्ता प्रख्यात अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरू यो सूचिमा छन् । यिनीहरूको लाइसेन्स ६० दिन भित्र समाप्त हुने बताइएको छ । समूहहरूले आफ्ना कर्मचारीहरूको पूर्ण व्यक्तिगत विवरण दिन पनि अफसल भएको भनिएको छ । बेलायत सहित १० देशका विदेश मन्त्रीहरूले यो कदमको कडा आलोचना गरेका छन् । नयाँ नियमहरू प्रतिबन्धात्मक र अस्वीकार्य भएको उनीहरूको भनाइ छ ।
आईएनजीओको सञ्चालन जबरजस्ती बन्द गर्दा स्वास्थ्य सेवाहरू सहित आवश्यक सेवाहरूमा पहुँचमा गम्भीर प्रभाव पर्ने बेलायत, फ्रान्स, क्यानडा, डेनमार्क, फिनल्याण्ड, आइसल्याण्ड, जापान, नर्वे, स्वीडेन र स्विट्जरल्याण्डका विदेश मन्त्रीहरूले संयुक्त विज्ञप्तिमा भनेका छन् ।
गाजामा मानवीय अवस्था विपत्तिजनक रहेको भन्दै गाजामा आईएन्जीओहरूलाई दिगो र अनुमान गर्न सकिने तरिकाले सञ्चालन गर्न सकिने वातावरण बनाउन उनीहरूले इजरायलको सरकारसँग अनुरोध गरेका छन् । नयाँ उपायहरूले गाजामा मानवीय सहायताको प्रवाहलाई असर नगर्ने दर्ता आवेदनहरूको जिम्मेवारी पाएको इजरायलको डायस्पोरा मामिला मन्त्रालयले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण