राष्ट्रियसभा निर्वाचनका लागि जनकपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
सारांश
- राष्ट्रिय सभा निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
- मधेस प्रदेशमा ३७९ जना मतदाता रहेकोमा १० हजार ८ सय ३९ मतभार रहेको छ।
- निर्वाचन आयोगले पुस १९ गते मतदाता नामावली प्रकाशित गर्नेछ भने माघ ११ गते निर्वाचन हुने छ।
धनुषा । राष्ट्रियसभा निर्वाचनका लागि मधेसको जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको तयारी गर्ने उद्देश्यले जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।
मधेस प्रदेशमा ३७९ जना मतदाता रहेकोमा मतभार १० हजार ८सय ३९ रहेको छ। त्यसैगरी १०७ जना प्रदेश सभा सदस्यको मतभार ५३ रहेको छ । जसको मतभार ५ हजार ६ सय ७१ रहेको छ ।
निर्वाचनमा मतदाता रहेको अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुखको मतदाता २७२ रहेको छ । जसको कुल मतभार ५ हजार १सय ६८ रहेको छ । निर्वाचनका मुख्य अधिकृत सुभाष बाबु पुरीले कतिपय प्रदेश सभा सदस्यहरू निलम्बनमा परेको र स्थानीय तहका जनप्रतिनिधिहरु जो मतदाता रहेका छन् उनीहरू समेत निलम्बनमा परेकोले अन्तिम नामावली प्रकाशित हुन नसकेको र अन्तिम नामावली प्रकाशित भएपछि कुल मतदाताको सङ्ख्या यकिन हुने जानकारी दिए ।
निर्वाचन आयोगले पुस १९ गते मतदाता नामावली प्रकाशित गर्नेछन् भने माघ ११ गते निर्वाचन हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण