पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ : गगन थापा
सारांश
- कांग्रेस महामन्त्री गगन थापाले पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बताएका छन्।
- उनले राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा विशेष महाधिवेशनका लागि एकताबद्ध हुन आग्रह गरे।
- थापाले पार्टीभित्रको एकता र राष्ट्रिय भूमिकाका लागि विशेष अधिवेशन आवश्यक रहेको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस मसान्त भित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढेको बताएका छन् । राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा सामाजिक सञ्जालमा महामन्त्री थापाले विशेष महाधिवेशन गर्ने बाटोमा दृढतापूर्वक हातेमालो गर्न र एकताबद्ध हुन आग्रह गरेका छन् ।
‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ । सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्दछु,’ महामन्त्री थापाले लेखेका छन् ।
उनले एकले अर्कोलाई विरोध र निषेध होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधको साथ अगाडि बढ्ने प्रेरणा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसले प्रदान गरोस् भन्ने शुभकामना दिएका छन् ।
‘नेपाली कांग्रेसले यही उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको छ। यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ,’ थापाले लेखेका छन्, ‘अनि एकता के बाट आउँछ ? निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन । भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट मात्र त्यो एकताको उदभव हुन्छ। त्यो भनेको आजको समयमा कांग्रेसको विशेष अधिवेशन नै हो। पौष मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारी मात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको छ।’
उनले राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगिन जिम्मेवारी भएको पनि उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण