‘धुरन्धर’ ले तोड्यो शाहरुखको ‘पठान’ को रेकर्ड
सारांश
- रणवीर सिंहको फिल्म 'धुरन्धर' ले २५ दिनमा १ हजार ११३ करोड भारतीय रुपैयाँ संकलन गरेको छ।
- 'धुरन्धर' ले शाहरुख खानको 'पठान' को रेकर्ड तोडेको छ र 'जवान' को रेकर्ड तोड्ने अनुमान छ।
- 'धुरन्धर २' सन् २०२६ को मार्च १९ मा रिलिज हुने घोषणा गरिएको छ, जसको प्रतिस्पर्धा यशको 'टक्सिक' सँग हुनेछ।
मुम्बई । बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो चलचित्र ‘धुरन्धर’ ले बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको छ। प्रदर्शनको मात्र २५ दिनमा १ हजार ११३ करोड भारतीय रुपैयाँ संकलन गर्दै यो चलचित्र इतिहासमै सबैभन्दा बढी कमाउने तेस्रो बलिउड फिल्म बनेको छ।
कमाईको मामिलामा धुरन्धरले शाहरुख खानको ‘पठान’ (१ हजार ५० करोड) को रेकर्डलाई पछि पारेको छ। अब यो फिल्मले चाँडै शाहरुखकै अर्को ब्लकबस्टर ‘जवान’ (१ हजार १४८ करोड) को रेकर्ड समेत तोड्ने देखिएको छ। बलिउडमा हालसम्म आमिर खानको ‘दंगल’ १ हजार ९६८ करोडका साथ शीर्ष स्थानमा छ।
प्रदर्शनको चौथो हप्तामा पनि धुरन्धरको व्यापार आक्रामक देखिएको छ। २५औँ दिन अर्थात् सोमबार मात्रै यसले ११.२० करोड संकलन गरेको छ। ट्रेड एनालिस्टहरूका अनुसार २५औँ दिनमा यसले दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को रेकर्डलाई समेत उछिनेको छ।
धुरन्धरको दबदबाका कारण डिसेम्बर २५ मा रिलिज भएको कार्तिक आर्यन र अनन्या पाण्डेको फिल्म ‘तू मेरी मैं तेरा, मैं तेरा तू मेरी’ नराम्ररी फ्लप भएको छ। ५ दिनमा उक्त फिल्मले मात्र २५ करोड कमाउन सकेको छ भने सोमबार यसको व्यापार १.२५ करोडमा खुम्चिएको छ।
यसैबिच, निर्माण पक्षले ‘धुरन्धर २’ को घोषणा समेत गरिसकेको छ। यो फिल्म सन् २०२६ को मार्च १९ मा रिलिज हुनेछ। त्यस समयमा यसको भिडन्त दक्षिण भारतीय सुपरस्टार यशको फिल्म ‘टक्सिक’ सँग हुने देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण