नवनियुक्त कृषिमन्त्री पटेलको निर्देशन– झारा टार्ने शैलीमा काम नगर्नू, म काम मन पराउँछु
जनकपुर । मधेस प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मन्त्रालयका कर्मचारीहरूलाई झारा टार्ने शैलीमा काम नगर्न निर्देशन दिएका छन् ।
बुधबार शपथग्रहणपछि आयोजित कर्मचारीहरूसँगको परिचयात्मक कार्यक्रममा मन्त्री पटेलले यस्तो निर्देशन दिएका हुन् ।
शपथग्रहणपछि कर्मचारीहरूसँगको ब्रिफिङ तथा परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री पटेलले मातहतका कर्मचारीलाई भाषणभन्दा काममा केन्द्रित हुन निर्देशन दिए । उनका अनुसार मधेस प्रदेशका किसानहरू मलखाद्यदेखि सिँचाइसम्मका विभिन्न समस्याबाट पीडित छन् ।
“किसानलाई धेरै समस्या छन् । मलखाद्य, सिँचाइलगायतका समस्या समाधान गर्ने गरी काम गर्नुपर्छ,” मन्त्री पटेलले भने, “म भाषण होइन, काम मन पराउँछु । त्यसैले मधेस प्रदेशलाई कृषिमा देशकै नमुना प्रदेश बनाउने गरी काम गर्नुपर्छ ।”
झारा टार्ने हिसाबले गरिने काम आफूलाई मन नपर्ने भन्दै मन्त्री पटेलले मधेस प्रदेश कृषिमै आश्रित प्रदेश भएकाले कसैले पनि लापरवाही नगर्न चेतावनी दिए । किसानका समस्या सहज रूपमा समाधान हुने गरी दत्तचित्त भएर काम गर्न उनले कर्मचारीहरूलाई आग्रह गरे ।
कार्यक्रममा प्रदेशको कृषिको अवस्था र किसानका समस्याबारे कर्मचारीहरूले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री पटेललाई ब्रिफिङ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण