बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

शासकीय प्रणालीमा सुधार र लगानीमैत्री वातावरण नभएसम्म समृद्धि असम्भव : डा.भट्टराई

बुधबार, १६ पुस २०८२, १६ : ४४
बुधबार, १६ पुस २०८२

सारांश

  • पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले वर्तमान शासकीय स्वरूप र आर्थिक मोडेलमा परिवर्तन आवश्यक रहेको बताए।
  • उनले कृषिमा आश्रित जनशक्ति घटाएर उद्योग र सेवा क्षेत्रको विकासमा जोड दिनुपर्ने बताए।
  • भट्टराईले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसदको वकालत गरे।

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुलुकको वर्तमान शासकीय स्वरूप र आर्थिक मोडेलमा आमूल परिवर्तन नगरेसम्म वास्तविक समृद्धि हासिल हुन नसक्ने बताएका छन् ।

बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित एक विशेष कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले विगत २० वर्षदेखि उही समस्या र उही टाउकाहरूबिच छलफल भए पनि नतिजा आउन नसकेको चिन्ता व्यक्त गरे । 

डा. भट्टराईले नेपालको अर्थतन्त्र अझै पनि निर्वाहमुखी कृषिमा आधारित रहेको र यसले विकासको गति समात्न नसक्ने तर्क गरे। “अझै पनि ६० प्रतिशत जनसङ्ख्या कृषिमा आश्रित छ, जसको उत्पादकत्व अत्यन्तै कम छ। एउटा छोरो खाडीमा कमाउन जान्छ, बाबु–आमा यहाँ खेती गर्छन् र साहुको ऋण तिर्दैमा जीवन बित्छ,” उनले भने।

उनले कृषिको जनशक्तिलाई १५–२० प्रतिशतमा झार्ने, उद्योगमा ३०–३५ प्रतिशत र सेवा क्षेत्रलाई ४५–५० प्रतिशत पुर्‍याउने गरी नीति बनाउनुपर्नेमा जोड दिए। डा। भट्टराईले शासकीय प्रणालीमा सुधारको माग समेत गरे । 

‘प्रत्येक ६ महिना वा दुई वर्षमा सरकार परिवर्तन हुने प्रणालीले नीतिगत स्थिरता दिँदैन। यसले न स्वदेशी लगानीकर्तालाई आकर्षित गर्छ, न त विदेशीलाई,ु उनले भने, ‘त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसदमा जाने आँट गरौँ।

राजनीतिक स्थिरता विना शान्ति र आर्थिक वृद्धि असम्भव रहेको उनको ठम्याइ थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप