सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा १४ जना पक्राउ
बुधबार, १६ पुस २०८२, १८ : ४५
पोखरा । पोखराको लेकसाइडमा जारी २७औँ सडक महोत्सवका क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।
अंग्रेजी नयाँ वर्षको अवसरमा लेकसाइडमा आयोजित महोत्सवमा मादक पदार्थ सेवन गरी होहल्ला र झगडा गरेको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरूले सडकमा मादक पदार्थ सेवन गरी उच्छृङ्खल गतिविधि गर्दै हिँड्ने, सिसाका बोतलहरू फुटाउने तथा एक आपसमा झैँ झगडा गरी शान्ति सुरक्षामा खलल पुर्याएका प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए ।
उनीहरूमाथि आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण