विवाह गर्न भनेर एक महिनाअघि घरबाट भागेका दैलेखका किशोर–किशोरी मृत फेला
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ भैरवस्थानस्थित पर्यटकीय स्थल सहिद पार्क नजिकैको जंगलमा मृत अवस्थामा फेला परेका किशोर–किशोरीको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रहरी प्रवक्ता श्याम प्रकाश यादवका अनुसार, मृत भेटिनेमा दैलेखको ठाटीकाँध गाउँपालिका–२, टम्टाल्लाका १७ वर्षीय सुरेन्द्र थापा र चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ की १९ वर्षीया सुनिता भण्डारी रहेका छन् ।
उनीहरू दुवै जना बुधबार बिहान एकै ठाउँमा मृत भेटिएका थिए । बिहान मर्निङ वाकमा गएका व्यक्तिहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुगेलगत्तै आफन्तहरू समेत त्यहाँ पुगेर शवको पहिचान भएको प्रवक्ता यादवले बताए ।
प्रारम्भिक अनुसन्धानबाट उनीहरू करिब एक महिनाअघि भागेर विवाह गरेका थिए । तर सामाजिक परम्पराअनुसार भने विवाह नभएको खुल्न आएको छ ।
पारिवारिक स्रोतका अनुसार, सुरेन्द्रले सुनितालाई भगाएर एक महिनाअघि आफ्नो घर लिएका थिए । तर, लगत्तै उनीहरु सुर्खेत आएर वीरेन्द्रनगरको चिसापानीमा कोठा भाडामा लिएर बस्थे ।
उनीहरु प्रेम सम्बन्धमा रहेकाले नै भागेर विवाह गर्न खाजेको बुझिन्छ ।
घटनाबारे ठोस तथ्य अझै फेला नपरेको यादव बताउँछन् । उनीहरूको शव पोस्टमार्टमका लागि प्रदेश अस्पतालमा पठाइएको छ ।
प्रवक्ता यादवका अनुसार घटनास्थलको अवस्था हेर्दा प्रारम्भिक रूपमा आत्महत्याकै शंका भए पनि थप विस्तृत विवरण पोस्टमार्टमकै रिपोर्टपछि मात्र खुल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण