भाइरल बन्न चाहनेको कथामा फिल्म 'भाइरल गोर्खे'
सारांश
- फिल्म 'भाइरल गोर्खे' माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ।
- सार्वजनिक ट्रेलरमा सौगात मल्लले सामाजिक सञ्जालमा भाइरल बन्न गरेको प्रयास देखाइएको छ।
- निगम श्रेष्ठको निर्देशन रहेको फिल्ममा सौगात र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ।
काठमाडौँ । भाइरल बन्नका लागि मानिसले के–के गर्न सक्छ भन्ने कथावस्तुमा निर्माण भएका फिल्म हो ‘भाइरल गोर्खे’ । आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक ट्रेलरले सौगात मल्ल मार्फत सामाजिक सञ्जालमा भाइरल बन्न गर्ने क्रियाकलाप देखाएको छ ।
फिल्ममा सौगातको अलावा अभिनेत्री सृष्टि श्रेष्ठको पनि मुख्य भूमिका छ । प्रेममा ब्रेकअफ भएपनि यी दुबै कलाकार फिल्ममा भने एकसाथ देखिँदै आएका छन् ।
फिल्म निगम श्रेष्ठले निर्देशन गरेका हुन् । निर्देशक श्रेष्ठले समसामयिक र घरघरको विषय भएकाले फिल्म दर्शकले मन पराउनेमा ढुक्क रहेको बताए ।
एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको फिल्ममा सौगात र सृष्टिको अलावा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल र मिस पविको अभिनय छ ।
अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको फिल्म लमजुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण