तीन नयाँ र तीन पुराना गरी कर्णालीबाट एमालेको समानुपातिक बन्दसूचीमा ६ जना
सारांश
- नेकपा एमालेले कर्णालीका ६ जनासहित समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा दर्ता गरेको छ।
- कर्णालीबाट गोरखबहादुर बोगटी, बालाराम शर्मा, लालबहादुर महतारा लगायतका नेताहरू बन्दसूचीमा परेका छन्।
- बोगटी लगायतका पुराना नेताहरू समानुपातिकतर्फबाट सांसद बन्न प्रयास गर्दै आएका छन्।
सुर्खेत । नेकपा एमालेले प्रतिनिधि सभा अन्तर्गत समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा दर्ता गरेको छ, जसमा कर्णालीका ६ जना समावेश छन् ।
कर्णालीबाट खस आर्यतर्फबाट हुम्लाका गोरखबहादुर बोगटी, सुर्खेतका बालाराम शर्मा, जाजरकोटका लालबहादुर महतारा, कालिकोटका दुर्गाबहादुर शाही छन् । यस्तै मुगुका सोनाम छिरिङ लामा (आदिवासी) कालिकोटकी यशोदा बराल (अपाङ्गता) पनि समानुपातिक बन्दसूचीमा समावेश छन् ।
यीमध्ये बोगटी, महतारा र शर्मा पुराना नेता हुन् । एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज समेत रहेका बोगटी प्रायः सधैँ समानुपातिकतर्फ बस्ने गरेका छन् । कर्णालीमा उनलाई यामलाल कँडेलविरुद्धको गुटको नेतृत्व गरेको र पदाधिकारीमा दाबी गर्न सक्ने नेताका रूपमा चर्चा गरिन्छ । यद्यपि उनी ७० को दशकपछि प्रत्यक्ष चुनाव लडेका छैनन् ।
०४८ र ०५१ सालमा चुनाव लडेर पराजित भएका बोगटी ०५६ सालमा हुम्लाबाट प्रतिनिधि सभामा चुनाव जितेका थिए । ०६४ मा उनी पुनः पराजित भए । त्यसपछि उनले प्रत्यक्षतर्फ चुनाव लड्ने आँट गर्न छाडेको एक नेताले बताए ।
०७४ मा बोगटीले श्रीमतीलाई राष्ट्रिय सभा सदस्य बनाए । ०७०, ०७४ र ०७९ मा उनी समानुपातिक लिस्टमा समावेश भए पनि सांसद बन्न सकेनन् । यो पटक पुनः समानुपातिक बन्दसूचीमा उनको नाम समावेश छ ।
सुर्खेतका बालाराम शर्मा पुराना कम्युनिस्ट नेता हुन् । ०५१ मा वीरेन्द्रनगर नगरपालिकाका मेयर भएका उनी एमाले सुर्खेतका संस्थापकमध्येका एक हुन् ।
लालबहादुर महतारा पनि पुरानै पुस्ताका नेता हुन् । उनी एक पटक चुनाव लडे पनि जित्न सकेनन् । बाँकी तीन जना भने नयाँ अनुहार हुन् ।
१० जिल्ला रहेको कर्णालीका हरेक जिल्लाबाट ५–१० जनाको नाम पठाए पनि ६ जनामात्रै समेटिएको एमाले प्रदेश कमिटी उपाध्यक्ष टेकराज पछाईले रातोपाटीलाई बताए । कर्णालीमा १२ वटा निर्वाचन क्षेत्र छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण