सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

जोहरान ममदानीले लिए न्यूयोर्कको मेयरमा शपथ

बिहीबार, १७ पुस २०८२, १२ : ०७
बिहीबार, १७ पुस २०८२

सारांश

  • जोहरान ममदानीले न्यूयोर्क शहरको मेयरको रूपमा शपथ लिएका छन्।
  • ३४ वर्षीय ममदानी १०० वर्षभन्दा बढी समयपछि न्यूयोर्कका सबैभन्दा कान्छा मेयर बनेका छन्।
  • उनी न्यूयोर्कको मेयर बन्ने दक्षिण एसियाली मूलका पहिलो व्यक्ति हुन्।

न्यूयोर्क । अमेरिकी डेमोक्रेटिक पार्टीका नेता जोहरान ममदानीले न्यूयोर्क शहरको मेयरको रूपमा शपथ लिएका छन् । शपथ ग्रहण समारोह ओल्ड सिटी हल स्टेशनमा भएको थियो । 

३४ वर्षीय ममदानी १०० वर्षभन्दा बढी समयपछि न्यूयोर्कका सबैभन्दा कान्छा बनेका छन् । उनी यस शहरको पहिलो मुस्लिम मेयर पनि हुन् । उनी न्यूयोर्कको मेयर बन्ने दक्षिण एसियाली मूलका पहिलो व्यक्ति हुन् । 

न्यूयोर्कमा गत नोभेम्बरमा चुनाव भएको थियो। मेयर पदको लागि प्राथमिक प्रतिस्पर्धा जोहरान ममदानी र एन्ड्रयू कुओमो बीच भएको थियो । डेमोक्रेटिक प्राइमरीमा ममदानीसँग हारेपछि कुओमो स्वतन्त्र उम्मेदवारको रूपमा चुनावमा उत्रिएका थिए ।  कर्टिस स्लिवा रिपब्लिकन उम्मेदवार थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप