शान्ति सम्झौताको काम ९० प्रतिशत तयारी छ : जेलेन्स्की
सारांश
- युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुससँगको सम्झौताको ९० प्रतिशत काम सकिएको बताए।
- जेलेन्स्कीले बाँकी १० प्रतिशतले शान्तिको भविष्य निर्धारण गर्ने बताए।
- रुसी राष्ट्रपति पुटिनले पनि नयाँ वर्षको सम्बोधनमा आफ्ना सेनाहरूलाई ब्रिफिङ गरे।
किभ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले चार वर्षदेखि युक्रेनमा चलिरहेको युद्ध समाप्त गर्न रुससँग हुन लागेको सम्झौताको ९० प्रतिशत काम तयारी भएको बताएका छन् ।
बिहीबार नयाँ वर्षको सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । बाँकी १० प्रतिशतले शान्तिको भविष्य, युक्रेनको भविष्य र युरोपको भविष्य निर्धारण गर्ने उनको भनाइ छ ।
‘हामी तपाईंहरूमा र हाम्रो विजयमा विश्वस्त छौँ’ सम्बोधनका क्रममा उनले भने । उता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि नयाँ वर्षको सम्बोधनमा आफ्ना सेनाहरूलाई ब्रिफिङ गरेका छन् ।
यसअघि बुधबार उत्तर पश्चिमी रुसको ताल भाल्डाई नजिकै रहेको पुटिनको निजी निवासलाई लक्षित गर्न युक्रेनले ड्रोन आक्रमण गरेको दाबी गर्दै रुसले एउटा भिडियो फुटेज जारी गरेको थियो ।
युक्रेनले यी आरोपहरूलाई कडाइका साथ अस्वीकार गरेको थियो । आक्रमण फुटेजको आफूले पुष्टि गर्न नसकेको बीबीसीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण