पूर्वगृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा
सारांश
- जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकमाथिको भ्रमण प्रतिबन्ध फुकुवा गरेको छ।
- आयोगले लेखकलाई उपत्यका बाहिर जान र विदेश भ्रमण गर्न रोक लगाएको थियो, जुन अनुसन्धानपछि हटाइयो।
- आयोगले बयान प्रक्रिया सकेपछि लेखकमाथिको कानुनी बन्देज खुला गरेको हो।
काठमाडौँ । भाद्र २३ र २४ गतेको घटना सम्बन्धमा गठित जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएको भ्रमण प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ। आयोगको सचिवालयले एक सूचना जारी गर्दै लेखकको विदेश भ्रमण र काठमाडौँ उपत्यका छोड्न नपाउने पूर्व निर्णयलाई हटाएको जानकारी दिएको हो ।
यसअघि अनुसन्धानको सिलसिलामा आयोगले असोज १२ गते लेखकलाई आयोगको अनुमतिबिना उपत्यका बाहिर जान र विदेश भ्रमण गर्न रोक लगाउने निर्णय गरेको थियो। घटनाको छानबिनका क्रममा आवश्यक कार्य सम्पन्न भइसकेकाले उक्त प्रतिबन्ध हटाउने निर्णय भएको आयोगकी शाखा अधिकृत रेश्मा बुढा क्षेत्रीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । आयोगले आफ्नो बयान प्रक्रिया सकिएसँगै लेखकमाथिको कानुनी बन्देज खुला गरेको हो ।
यस निर्णयको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय र सम्बन्धित व्यक्ति रमेश लेखकलाई समेत पठाइएको छ। जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको जाँचबुझ गरिरहेको यस आयोगले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको जानकारी दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण