चुनावी तालमेलका लागि सिट बाँडफाँटको गृहकार्यमा लोकतान्त्रिक मोर्चा
काठमाडौँ । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूबिच सहकार्य, तालमेल र एकताको लहर नै चलेको छ । यस्तोमा मधेस केन्द्रित दलहरू पनि एकता र चुनावी तालमेलको गृहकार्यमा छन् । मधेस केन्द्रित सात दलले यसअघि नै संघीय लोकतान्त्रिक मोर्चा बनाएर सहकार्यको ढोका खोलिसकेका थिए ।
जसपा नेपाल, लोसपा नेपाल, जनता प्रगतिशील पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीबिच एकता भएकाले मोर्चामा रहेका दलहरूको संख्या घटेको छ । मोर्चामा एकीकृत दलसहित जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल छन् । अब चुनावी तालमेलका लागि चार दलबिच मात्रै सिट बाँडफाँट हुन्छ ।
पुस १५ मा बसेको मोर्चाको बैठकमा चुनावी तालमेल गरेर जाने सहमति बनेको थियो । त्यसैअनुसार उनीहरू अहिले चुनावका लागि सिट बाँडफाँटको गृहकार्यमा लागेका छन् ।
चुनावमा तालमेल गरेर जाने विषयमा मोर्चामा रहेका सबै दल सकारात्मक रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले बताए । ‘मोर्चामा रहेका दलहरुले उम्मेदवार, क्षेत्र र संगठनबारे छलफल गरेर पार्टीको सचिवालयमार्फत मोर्चामा पेस गर्ने र शीर्ष नेताहरू बसेर टुंग्याउनेछन्,’ शुक्लाले भने ।
चार दलले आ-आफ्नो पार्टीको दाबी पेस गरेपछि त्यसमा छलफल गरेर टुङ्ग्याउने सहमति भएको राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले बताए ।
लोसपा नेपालका महासचिव डा. सुरेन्द्र झाले मोर्चामा सिट बाँडफाँटको समस्या नभएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण