सरकार शीघ्र पुनर्गठन गर्छाैँ : मुख्यमन्त्री कार्की
मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार विराटनगरमा आयोजित प्रदेशस्तरीय शालिग्राम-मञ्जु दाहाल पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उहाँले प्रदेश सरकार पुनर्गठनका विषयमा गठबन्धन दलका नेतासँग छलफल गरी निर्णय गर्ने जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेतासमेत रहनुभएका मुख्यमन्त्री कार्कीले आफ्नो पार्टी आगामी संसदीय निर्वाचनबाट नभाग्ने बताउँदै यसका लागि सरकारले निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री कार्कीले सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनमा मोरङबाट केन्द्रीय सदस्य जीवन घिमिरे, ऋषिकेश पोखरेल, दिलीप अग्रवाल र पर्शुराम बस्नेतलाई बधाई दिएका थिए ।
त्यसैगरी यस वर्षको शालिग्राम-मञ्जु दाहाल पत्रकारिता पुरस्कारबाट उदयपुरको कटारीकी रेणु पराजुलीलाई रु २१ हजारसहित सम्मानित गरिएको छ ।
चौतारी मोरङ अध्यक्ष चीना थापा, इन्चार्ज सुमन सुस्केरा, उपाध्यक्ष जुनु भट्टराईलगायतले समाजमा पछाडि परेका वर्गको उत्थानमा सञ्चारकर्मीले कलम चलाउनुपर्ने सुझाव दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहान उठ्ने बित्तिकै टाउको दुख्छ ?
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण