प्रगतिशील समाजवादी पार्टी एमालेमा समाहित
काठमाडौँ । प्रगतिशील समाजवादी पार्टी(प्रसपा) नेकपा एमालेमा समाहित भएको छ । तुलसीराज गिरी नेतृत्वको प्रसपा बिहीबार नेकपा एमालेमा समाहित भएको हो ।
यतिबेला समय देशमा राजनीतिक अन्योल र सङ्कट देखा परेको भन्दै मुलुकको राष्ट्रियता र लोकतन्त्रमाथि धावा बोलिएको छ । यस्तो बेलामा प्रगतिशील राष्ट्रिय बाम लोकतान्त्रिक शक्तिहरू टुक्रिएर अलग बस्नु भन्दा एकीकृत हुँदै बलियो राष्ट्रिय शक्ति निर्माण गर्न अत्यन्त आवश्यक देखिएको छ,अध्यक्ष गिरी र नेकपा एमालेका प्रतिनिधि लिलानाथ श्रेष्ठद्वारा हस्ताक्षरित सहमतिपत्रमा भनिएको छ ।
देशमा रहेका विभिन्न शक्ति तथा समूहहरूलाई नेकपा (एमाले) मा गोलबन्द हुन आह्वान समेत गरिएको छ । नेकपा एमालेको नीति र नेतृत्वप्रति प्रतिबद्ध हुँदै “समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नाम लोकतान्त्रिक आन्दोलनको मूल प्रवाहको रूपमा रहेको नेकपा (एमाले)मा प्रगतिशील समाजवादी पार्टी समाहित गर्ने सहमति गरियो,सहमतिपत्रमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण