पार्टी परित्याग गरेका वासुदेवलाई रोक्न विष्णु पौडेलको प्रयास
बिहीबार, १७ पुस २०८२, २१ : ३८
काठमाडौँ । नेकपा एमाले परित्यागको घोषणा गरेका नेता वासुदेव घिमिरेलाई पार्टीमै कायम राख्न उपाध्यक्ष विष्णु पौडेल सक्रिय देखिएका छन्।
घिमिरेले मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै पार्टीको जिम्मेवारीबाट अलग भएको जानकारी दिएका थिए।
उक्त घोषणापछि एमालेभित्र तरङ्ग पैदा भएको थियो। यसैबिच घिमिरे रास्वपा प्रवेशको चर्चा समेत चलेको थियो ।
तर बिहीबार उपाध्यक्ष पौडेलले घिमिरेसँगको तस्बिर सार्वजनिक गर्दै उनी पार्टी नेतृत्वसँगै रहेको सङ्केत दिएका छन्। पौडेलको उक्त प्रयासलाई घिमिरेलाई पार्टी छोड्नबाट रोक्ने पहलका रूपमा हेरिएको छ।
सङ्घीयतापछि तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बनेका घिमिरे २०७९ सालमा रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सालुले आफैँलाई जलाउनुको कारण श्रीमानसँगको विवाद
-
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन
-
९ वर्षमा ९ पटक फेरिए मुख्यमन्त्री, १०औँको तयारी
-
सरकारलाई सोनम वाङचुकको पत्र : आश्वासन पाए अनशन तोड्ने, नभए अनिश्चितकालीन आन्दोलन
-
निर्माणाधीन जलविद्युत् आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढ्यो
-
स्वास्थ्यसम्बन्धी तीन वटा ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण