मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

यस्तो छ विशेष महाधिवेशन पक्षधरले हल बुकिङको अनुमति मागेको पत्र

बिहीबार, १७ पुस २०८२, २२ : २०
बिहीबार, १७ पुस २०८२

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले समाज कल्याण परिषद् भृकुटीमण्डप व्यवस्थापन विभागलाई हल बुकिङका लागि अनुमति मागेको छ । 

कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने भनिएपनि सो समयमा नहुने देखिएपछि बिहीबार विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डप व्यवस्थापन विभागलाई हल बुकिङका लागि अनुमति मागेको हो । 

'उपरोक्त सम्बन्धमा नेपाली कांग्रेसको विशेष महाधिवेशन यही मिति २०८२/०९/२७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा गर्ने निर्णय भएअनुसार तपसिलका स्थानहरू उल्लेखित मितिमा उपलब्ध गराई सहयोग गरी दिनुहुन हार्दिक अनुरोध गर्दछौ,'नेपाली कांग्रेस विशेष महाधिवेशन आयोजक समिति सदस्य रमेशप्रसाद धमलाद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ । 

प्रदर्शनी हल र ठुलो चउर दुई दिन प्रयाेगका लागि अनुमति मागिएकाे छ ।

त्यस्तै पस २७ गते मूलगेट छेउको चउर प्रयाेगका लागि अनुमति मागिएकाे छ भने पुस २८ गते बगैँचा प्रगाेगका लागि अनुमति मागिएकाे छ।

598637314_25662951593301030_48140722271926177_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप