सर्वपक्षीय सहमतिपछि लौकहीको अवस्था सामान्य
सुनसरी । सशस्त्र प्रहरीको गोली प्रहारबाट कोसी गाउँपालिका–१ लौकहीका विजय साहको मृत्यु भएपछि आज बिहानैदेखि तनावग्रस्त बनेको लौकही साम्य भएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वपक्षीय बैठकमा सहमति भएपछि लौकहीको अवस्था सामान्य भएको प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही गर्ने, मृतकको परिवारबाट सशस्त्र प्रहरीमा जागिरका लागि इच्छा राखेमा सहयोग गर्ने, काजकिरिया खर्चबापत पीडित परिवारलाई रु एक लाख सशस्त्र प्रहरीले दिने, लौकहीमा अर्को सशस्त्र प्रहरीको टोलीलाई पठाई पुरानोलाई फिर्ता ल्याउने सहमति भएको कोसी गाउँपालिका–१ का राजकुमार साहले जानकारी दिए ।
सर्वपक्षीय सहमतिपश्चात् प्रशासनमा वार्तामा बसेको मृतक पक्षका आफन्त र स्थानीयले आन्दोलनरत पक्षलाई आन्दोलन र प्रदर्शन फिर्ता लिन आग्रह गरेका छन् । शव परिवारजनले जिम्मा लिएर परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।
साहको मृत्युपछि आक्रोसित स्थानीयले लौकही बजारमा राखेर प्रदर्शन गर्नुका साथै लौकही बजारमा रहेका सशस्त्र प्रहरी पोष्टमा तोडफोड गर्नुका साथै आगजनी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहान उठ्ने बित्तिकै टाउको दुख्छ ?
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण