विष्णु पौडेलसँग ५ घण्टा छलफलपछि एमालेमै अडिए वासुदेव घिमिरे
सारांश
- वासु घिमिरेले एमाले छाडेर रास्वपामा जाने तयारी गरे पनि अन्ततः एमालेमै रहने भएका छन्।
- एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहितका नेताहरूले घिमिरेसँग ५ घण्टा छलफल गरेपछि उनी एमालेमै रहन सहमत भए।
- घिमिरेले पार्टीले गरेको व्यवहार र केन्द्रीय सदस्यको उम्मेदवार नबनाएकोमा गुनासो राखेका थिए।
बुटवल । मङ्गलवार राति एमाले छाडेको घोषणा गरेका निवर्तमान सांसद वासु घिमिरे अन्ततः एमालेमै रहने भएका छन् । एमाले छाडेर रास्वपामा जाने तयारी गरेका घिमिरेलाई रोक्न एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहितका नेताहरूले घिमिरेसँग झण्डै५ घण्टा छलफल गरेका थिए ।
यो छलफल पछि घिमिरे एमालेमै रहन सहमत भएको एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले रातोपाटीलाई बताए । रुपन्देहीको तिलोत्तमा एमाले कार्यकर्ता कमल पौडेलको घरमा उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, नेता खिमलाल भट्टराईसहितका नेताले घिमिरेसँग छलफल गरेका थिए ।
सो क्रममा घिमिरेले पार्टीले गरेको व्यवहारले मन दुखेको गुनासो राखेको छलफलमा सहभागी कमल पौडेलले बताए । घिमिरेले मेयरमा राम्रो काम गर्ने, अर्को क्षेत्रमा ठुलो मतान्तरले सांसदमा विजयी हुने नेतालाई अध्यक्षले केन्द्रीय सदस्यको उम्मेदवार समेत नबनाएकोमा दुख लागेको बताएका थिए ।
घिमिरेले सामाजिक सञ्जालमा पार्टी छाडेको घोषण गरेपछि सञ्चार माध्यमा बालेन टिमसँग भेटघाट गरेको र रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचन लड्ने जनाएका थिए । रास्वपा रुपन्देही क्षेत्र नम्बर ३ का सभापति मधु प्रकाश अर्यालले वासुदेव पार्टी प्रवेश गर्ने कुराकानी भए पनि रास्वपामा आइसकेको अवस्था नभएको बताए ।

उनले रास्वपा प्रवेश गर्ने मिडियामा घिमिरेले घोषणा गरेपछि फेरी एमाले नेताहरू फकाउन लागेका कारण पछिल्लो समयमा सम्पर्क पनि नभएको रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण