अन्डरग्राउण्ड म्युजिकल पार्टीमा प्रहरीको छापा, ६ विदेशीसहित ९ जना पक्राउ
सारांश
- ललितपुरको गोदावरीस्थित एक रिसोर्टमा चलिरहेको 'अन्डरग्राउण्ड म्युजिकल पार्टी' मा प्रहरीले छापा मारेको थियो।
- प्रहरीले लागुऔषधसहित ६ जना विदेशी र ३ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ।
- पक्राउ परेका व्यक्तिहरूको साथबाट एलएसडी, गाँजा, चरेस, एमडीएमए र म्याजिक मसरुम बरामद भयो।
काठमाडौँ । ललितपुरको गोदावरीस्थित एक रिसोर्टमा चलिरहेको 'अन्डरग्राउण्ड म्युजिकल पार्टी’ मा प्रहरीले छापा मारी लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले ६ जना विदेशी र ३ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो।
ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक जनक बहादुर शाहीले शुक्रबार विज्ञप्तिमार्फत दिएको जानकारी अनुसार दक्षिण भारतका आयोजक र केही नेपालीको सहकार्यमा गोदावरी नगरपालिका वडा नं. २, बिशंखुनारायणस्थित एक रिसोर्टमा ’महामाया मन्त्र इभेन्ट’को नाममा ७२ घण्टासम्म निरन्तर चल्ने पार्टी आयोजना भइरहेको थियो।
उक्त पार्टीमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा पुस १६ गते ब्युरो र स्थानीय प्रहरीको संयुक्त टोलीले छापा मारेको थियो।
सो क्रममा प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट एलएसडी ६ पिस, गाँजा २२.२४० ग्राम, चरेस ६१ ग्राम, एमडीएमए १ पिस र म्याजिक मसरुम ४ ग्राम बरामद गरेको जनाएको छ।
प्रहरीले पार्टीबाट ५ जना भारतीय, १ जना ग्रिसका र ३ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने विदेशी नागरिकहरूमा भारत केरलाका २१ वर्षीय केभिन जोसेफ, २८ वर्षीय सादिक, २३ वर्षीय आश्विन अन्टु, २८ वर्षीय वैष्णव के साजु र हैदरावादका २६ वर्षीय अभिराज कुथाडी रहेका छन्। त्यस्तै, ग्रिसका २१ वर्षीय नागरिक डिमिट्रिओस काट्टोस पनि पक्राउ परेका छन्।
नेपाली नागरिकहरूमा चितवन भण्डाराका ३० वर्षीय पुष्पराज परियार, मोरङ विराटनगरका २५ वर्षीय मनसुन न्यौपाने र काठमाडौँ नक्सालका ४० वर्षीय आदित्य अर्याल रहेका छन्।
पक्राउ परेका सबै प्रतिवादीहरू उपर लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण