एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात्रा भने कम देखिएको छ । लगानीकर्ता अहिले संयुक्त राज्य अमेरिकाको वाल स्ट्रिटबाट नयाँ सङ्केतको प्रतीक्षामा छन् ।
सन् २०२५ मा विश्व सेयर बजारले उल्लेखनीय वृद्धि देखाएको थियो । अमेरिकाको एस एन्ड पी ५०० सूचकाङ्क १६.४ प्रतिशतले बढ्यो भने प्रविधि केन्द्रित नास्ड्याक २०.४ प्रतिशतले उकालो लागेको थियो । बेलायतको एफटीएसई सूचकाङ्कले पनि १६ वर्षयताकै उत्कृष्ट क्रिसमस प्रदर्शन गरेको थियो ।
एशियामा दक्षिण कोरियाको सेयर बजार सन् २०२५ मा करिब ७५ प्रतिशतले उकालो लागेको थियो । हङकङको हाङ सेङ सूचकाङ्क २८ प्रतिशतले बढ्यो भने जापानको निक्केई २२५ सूचकाङ्क २६ प्रतिशतभन्दा बढीले उक्लिएको थियो ।
विश्लेषक काइल रोड्डाका अनुसार नयाँ वर्षको सुरुआतसँगै सबैको प्रश्न एउटै हुन्छ—के यो वृद्धि निरन्तर रहला ? बजारको साझा धारणा अनुसार यो सकारात्मक प्रवृत्ति जारी रहने अपेक्षा गरिएको छ ।
उनका अनुसार अमेरिकी अर्थतन्त्रमा वृद्धिदर बढ्ने, मुद्रास्फीति नियन्त्रणमा रहने र ब्याजदर घट्ने अनुमान गरिएको छ, जसले सेयर बजारलाई थप बल पुर्याउनेछ ।
शुक्रबार हङकङको सेयर बजार २.२ प्रतिशतले बढ्यो । चिप डिजाइन कम्पनी बिरेन टेक्नोलोजिज आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) पछि ८० प्रतिशतले उकालो लाग्यो ।
उक्त कम्पनीले ७० करोड अमेरिकी डलरभन्दा बढी रकम संकलन गरेको छ, जसले कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी लगानीप्रति लगानीकर्ताको चासो अझै बलियो रहेको देखाएको छ ।
यसैबिच, चिनियाँ खोज इन्जिन कम्पनी बाइडुले आफ्नो एआई चिप इकाइ ‘कुनलुनसिन’ हङकङमा सूचीकृत हुने प्रक्रिया अघि बढाएको घोषणा गरेपछि बाइडुको सेयर करिब ७ प्रतिशतले बढेकाे छ।
ताइपेई, सिड्नी, जकार्ता, मनिला र सिङ्गापुरका सेयर बजारहरू पनि उकालो लागेका छन् । दक्षिण कोरियाको कोस्पी सूचकाङ्क १.७ प्रतिशतले बढेकाे छ ।
सामसुङ इलेक्ट्रोनिक्सको सेयर ३ प्रतिशतले बढेको छ, जहाँ कम्पनीका उच्च ब्यान्डविथ मेमोरी चिपप्रति ग्राहकको सकारात्मक प्रतिक्रिया आएको बताइएको छ ।
यसैबिच नयाँ वर्षको सुरुआतसँगै सुन र चाँदीजस्ता बहुमूल्य धातुको मूल्य पनि बढेको छ । सुनको मूल्य ०.६४ प्रतिशत र चाँदीको मूल्य १.५ प्रतिशतले वृद्धि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण