शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

२०औँ वर्षमा मुक्तिनाथ विकास बैंक : ‘मुक्तिनाथ एग्री–फाइनान्स ३६०’ एक महत्वपूर्ण कोशेढुंगा

शुक्रबार, १८ पुस २०८२, २० : १९
शुक्रबार, १८ पुस २०८२

काठमाडाैँ । मुक्तिनाथ विकास बैंकको २०औँ वर्ष प्रवेशको शुभ अवसरमा बैंकले कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादकत्व वृद्धि र किसानको दिगोपना अभिवृद्धि गर्ने उद्देश्यले ‘मुक्तिनाथ एग्री–फाइनान्स ३६०’ कार्यक्रम सम्पन्न गरेको छ । 

बैंकको सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षता एवं कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारको प्रमुख आतिथ्यतामा कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । 

उनले नेपाल सरकारको तर्फबाट कृषि क्षेत्रको समग्र विस्तार गर्न सबै सरोकारवालाहरूमा उत्प्रेरणात्मक वातावरण निर्माण हुनुपर्नेमा जोड दिए ।

यसै सन्दर्भमा कृषि लगानी विस्तार तथा कर्जा गुणस्तर सुदृढ बनाउन क्रेडिट ग्यारेन्टी, वित्तीय साक्षरता, कृषि बीमा, मूल्य शृङ्खलामा समन्वय, सहकारी तथा निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिने नीति र योजना बनाउन सकेमा मात्र कृषि क्षेत्रको ठोस विकास हुन सक्ने बारेमा प्रकाश पारे। 

उनले महिला मैत्री कृषिको विकास गरिनुपर्ने, कृषिलाई प्रविधिसँग जोडेर युवा लक्षित स्वरोजगारीको व्यवस्था गर्नु पर्ने, साना किसानहरूलाई वित्तीय पहुँच अझै विस्तार गर्नु पर्ने र साना किसानहरूलाई स्तरोन्नति गर्ने कार्यमा हामी सबैले कदम चाल्नु पर्नेमा जोड दिए ।

नेपाल सरकारले नयाँ कृषि नीति छिट्टै ल्याउन लागेकोले कृषिको विविध समस्याहरू समाधान हुन सक्ने अपेक्षा गरे । 

त्यसैगरी कृषि तथा पशुपंछी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले अब बैंक तथा वित्तीय संस्थाहरूले नै कृषि सम्बन्धी आफ्नै सहायक कम्पनीहरू खोल्न कदम चाल्न सुझाव दिए । यस कार्यमा नेपाल राष्ट्र बैंकले आवश्यक समन्वय गर्नुपर्नेमा उनले जोड दिए । 

उक्त कार्यक्रममा बैंकिङ विशेषज्ञ अजय श्रेष्ठले “नेपालमा कृषि उद्यम लगानीको चुनौती र अवसरहरू”  विषयमा प्रस्तुति दिए । उनले कृषि ऋणमा उच्च जोखिम, कमजोर कर्जा गुणस्तर, उत्पादनशीलता र मूल्य शृङ्खलामा संरचनागत कमजोरीलाई प्रमुख चुनौतीका रूपमा औँल्याए ।

हालको तथ्याङ्कले कृषि उत्पादकत्व खासै बढ्न नसकेको तर वृद्धिको लागि धेरै सम्भावनाहरू रहेको अन्य देशको डाटालाई तुलना गरी प्रस्तुत गरेका थिए । 

साथै, डिजिटल वित्तीय सेवा, मूल्य शृङ्खला विस्तार, कृषि बीमा तथा निजी क्षेत्रसँग सहकार्यलाई अवसरका रूपमा प्रस्तुत गरे।

सोही कार्यक्रममा प्यानल छलफलको पनि आयोजना गरिएको थियो । प्यानल छलफल “नेपाल कृषि उद्यमहरूमा कसरी फस्टाउन सक्छ?” शीर्षकमा भएको थियो ।

कार्यक्रममा नेपाल सरकारको कृषि सम्बन्धी निकायहरू, कृषि क्षेत्रमा कार्य गर्ने गैरसरकारी संस्थाहरू, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कृषि कर्जा प्रमुख, कृषि गर्ने बीमा कम्पनीहरू, विश्वविद्यालयका कृषि विषयका प्राध्यापकहरू तथा अनुसन्धानकर्ताहरू, कृषि बजार केन्द्र, निजी क्षेत्र, कृषि सहकारी, कृषि उद्यमी, विज्ञ तथा मिडिया प्रतिनिधिहरू गरी करिब ३५० जनाको सहभागिता रहेको थियो ।

सञ्चालित उक्त कार्यक्रममा कार्यक्रममा स्वागत मन्तव्य बैंकका सञ्चालक उमेश कुमार आचार्यले राखेका थिए । 

कार्यक्रमको सारसंक्षेप टिप्पणी प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले गरेका थिए । उक्त कार्यक्रममा कृषि सचिव राजेन्द्र प्रसाद मिश्र, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक विश्रुत थापा र नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेले आफ्नो मन्तव्य राखेका थिए । 

कार्यक्रम एउटा कोशेढुंगाको रूपमा स्थापित भएको छ । मुक्तिनाथ विकास बैंकले आगामी दिनमा पनि ग्रामीण क्षेत्रको समृद्धिको लागि वित्तीय समावेशीकरण र कृषि उद्यमलाई सबल बनाउन निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप