नर्वे शतप्रतिशत विद्युतीय कार बिक्री गर्ने लक्ष्य नजिक
सारांश
- नर्वेले सन् २०२५ सम्ममा शतप्रतिशत विद्युतीय कार बिक्री गर्ने लक्ष्य राखेको छ।
- सन् २०२५ मा नर्वेमा विद्युतीय सवारी साधनको बिक्री ९५.९ प्रतिशत पुगेको छ।
- टेस्लाले नर्वेमा आफ्नो बजार हिस्सा कायम राखेको छ, जबकि चिनियाँ कारको बिक्री बढेको छ।
नर्वे । सन् २०२५ मा नर्वेले उत्सर्जनरहित कारहरू मात्र बेच्ने आफ्नो लक्ष्यको नजिक पुगेको छ । सन् २०२५ मा नर्वेमा विक्री भएका विद्युतीय सवारी साधनहरूको सङ्ख्याले ९५.९ प्रतिशत हिस्सा ओगटेको तथ्याङ्कले देखाएको छ ।
नर्वे पश्चिमी युरोपको पेट्रोलियम उत्पादनहरूको सबैभन्दा ठुलो निर्यातकर्ता हो तर यसले युरोपेली सङ्घभन्दा वर्षौँ अगाडि विद्युतीय सवारी साधनहरूमा परिवर्तनको नेतृत्व गरेको छ ।
सन् २०२५ मा शून्य–उत्सर्जन सवारी साधनहरू बेच्ने गैर–बाध्यकारी लक्ष्य राखेको थियो ।
नर्वेमा सन् २०२५ मा एक लाख ७९ हजार ५४९ व्यक्तिगत सवारी साधनहरू दर्ता भएका छन् र यो सन् २०२१ को अघिल्लो उच्च रेकर्डभन्दा बढी हो ।
डिसेम्बरमा बिक्रीको ९७.६ प्रतिशत हिस्सा विद्युतीय सवारी साधनले ओगटेको ‘नर्वेजियन रोड फेडरेशन (ओएफभी)’ ले शुक्रबार जनाएको छ।
“कार बिक्री परम्परागत रूपमा वर्षको अन्त्यमा धेरै हुन्छ । भ्याट करको परिवर्तनले सन् २०२६ को जनवरीमा धेरै मानिसहरूलाई वर्षको अन्त्यभन्दा धेरै नयाँ विद्युतीय गाडी किन्न प्रेरित गर्नेछ,” ओएफभीका निर्देशक गीर इन्गे स्टोकले एक विज्ञप्तिमा उल्लेख गरे।
नर्वे सरकारले सन् २०२६ को सुरुदेखि विद्युतीय सवारी साधन किन्दा भ्याट करमा हुने छुटमा पाँच लाख क्रोनर (४९ हजार अमेरिकी डलर) बाट घटाएर तीन लाख क्रोनरमा झार्ने निर्णय गरेको छ ।
सन् २०२७ को लागि सुरुमा योजना गरिएको छुटको अन्त्य सन् २०२८ मा पछाडि धकेल्ने अपेक्षा गरिएको छ ।
यो वर्ष टेस्लाले नर्वेली बजारमा आफ्नो अग्रणी स्थान बलियो बनाउँदै कुल दर्ताको १९.१ प्रतिशत हिस्सा ओगटेको छ ।
ओएफभीका अनुसार गत वर्ष नर्वेमा ३४ हजार २८५ नयाँ टेस्ला सवारी साधन दर्ता गरेको थियो । टेस्ला ब्रान्डले यसको संस्थापक एलोन मस्कसँगको विवादको कारण युरोपमा अन्यत्र देखिएकोजस्तो बिक्रीमा गिरावटबाट जोगिएको थियो ।
चिनियाँ कार निर्माताहरूले पनि नर्वेको बजारमा आफ्नो हिस्सा बढाएका छन् । सन् २०२४ मा १०.४ प्रतिशत बिक्री रहेको चिनियाँ कारको हिस्सा सन् २०२५ मा बढेर १३.७ प्रतिशत पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्सँग पनि पराजितः बलर र ब्याटर दुवै फ्लप
-
३ वर्षीय बालक मृत्यु प्रकरण : साइकलले किचेपछि आत्तिएर पोखरीमा शव फाल्ने बालबिज्याँईकर्ता पक्राउ
-
गण्डकीमा एउटै मन्त्रालयको दायित्व ७ अर्ब नाघ्यो, रुग्ण आयोजना किनारा लगाउन निर्देशन
-
कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
-
कांग्रेस जोगाउन स्थानीय जनप्रतिनिधिकाे हस्तक्षेप, राष्ट्रिय भेला बोलाइयो
-
सडकमा प्रहरीको लाठी, सामाजिक सञ्जालमा मिम : युवा-विद्रोहको बदलिँदो रूप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण