शनिबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल
सारांश
- आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल पौष १९ गतेको बार, तिथि, नक्षत्र र योगको बारेमा जानकारी दिइएको छ।
- मेषदेखि मीन राशिसम्मका व्यक्तिहरूको लागि दैनिक राशिफल दिइएको छ, जसमा विभिन्न अवसर र चुनौतीहरूको बारेमा उल्लेख गरिएको छ।
- शुभ र अशुभ बेलाको जानकारी दिइएको छ, जसले गर्दा शुभ कार्यको लागि उपयुक्त समय छनौट गर्न सकिन्छ।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल पौष १९ गते । शनिबार । इस्वी सन् २०२६ जनवरी ३ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष शुक्लपक्ष । तिथि–पूर्णिमा, २३ घडी १६ पला, बेलुकी ४ बजेर १५ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–आर्द्रा, २९ घडी ३० पला, बेलुकी ६ बजेर ४५ मिनेट उप्रान्त पुनर्वशु । योग– ब्रम्ह्, ८ घडी ३० पला, बिहान १० बजेर २१ मिनेट उप्रान्त ऐन्द्र । करण–बव, बेलुकी ४ बजेर १५ मिनेट उप्रान्त बालव, रातको ३ बजेर १६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–मिथुन ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५७ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १९ मिनेट । दिनमान २५घडी ५७ पला ।
दिन विशेष : पूर्णिमा व्रत। श्री स्वस्थानी व्रत आरम्भ, माघ स्नान प्रारम्भ। चाँगुनारायण हैगु। चाँगुनारायणमा कलश यात्रा। मिलापुन्हि। दोलखा देवलाङ्गेश्वरमा महादेव मेला। भक्तपुरस्थित हनुमत्तीर्थमा त्रिवेणीमेला।
आजको बार बेला ।
- बिहान ६ बजेर ५७ मिनेटसम्म काल बेला ।
- बिहान ६ बजेर ५८ मिनेटदेखि बिहान ८ बजेर १५ मिनेटसम्म शुभ बेला ।
- बिहान ८ बजेर १६ मिनेटदेखि बिहान ९ बजेर ३३ मिनेटसम्म रोग बेला ।
- बिहान ९ बजेर ३४ मिनेटदेखि बिहान १० बजेर ५० मिनेटसम्म उद्वेग बेला ।
- बिहान १० बजेर ५१ मिनेटदेखि बिहान १२ बजेर ८ मिनेटसम्म चर बेला ।
- दिउँसो १२ बजेर ९ मिनेटदेखि दिउँसो १ बजेर २६ मिनेटसम्म लाभ बेला ।
- दिउँसो १ बजेर २७ मिनेटदेखि दिउँसो २ बजेर ४४ मिनेटसम्म अमृत बेला ।
- दिउँसो २ बजेर ४५ मिनेटदेखि बेलुकी ४ बजेर २ मिनेटसम्म काल बेला ।
- बेलुकी ४ बजेर ३ मिनेटदेखि बेलुकी ७ बजेर २ मिनेटसम्म लाभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान ९ बजेर ३२ मिनेटदेखि बिहान १० बजेर ५० मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।
ब्रहा मुहूर्त
बिहान ५ बजेर २० मिनेटदेखि बिहान ६ बजेर ८ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार तथा उद्योगमा थोरै समय दिए पनि मनग्गे आम्दानी गर्न सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । विवादित विषयहरू हल भएर जानेछन् । राजनीतिक भेटघाट, बैठक तथा गोष्ठीमा समय व्यातित हुनेछ । मन परेको मानिससँग छोटो तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । छोटो दुरीको धार्मिक यात्राको तय हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
- वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विगतमा गरिएको कामको सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न रहनेछ । रोकिएर बसेका कामहरू सम्पादन हुनेछन् भने नयाँ काम गर्ने वातावरण बन्नेछ । व्यापारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा अरूभन्दा एक कदम अगाडी बडी नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । भेटघाट, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) भौतिक बस्तुको प्रयोग गर्न पाइने तथा राम्रा पहिरनमा सजिएर अरूको मन लोभ्याउन सकिनेछ । तपाईँबाट राम्रा काम हुने हुनाले परिवार तथा साथीभाइहरू खुसी हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ भने व्यापारमा आजको दिन लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ । पारिवारिक जमघट वा घर परिवारमा आफन्तसँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुसी रहनेछन् ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्यमा समस्या आई औषधी खर्च बढेर जानेछ । पढाइ लेखाइमा मन नजाँदा अरू भन्दा पछि परिनेछ । व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । अग्रज तथा आफन्त सँग मनमुटाब सिर्जना हुनेछ । तापनि अध्ययन वा कामको सिलसिलामा लामो दुरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ । अध्ययन वा काममा प्रविधिको प्रयोग गर्न सकिनेछ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सीमित स्रोत साधनको प्रयोग मार्फत असीमित आवश्यकता परिपूर्ति गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । दाजुभाइको सहयोगमा भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । राजनीतिक भेटघाट तथा बैठकमा समय व्यातित हुनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी जनताको समर्थन पाइने तथा पद प्राप्तिको योग रहेको छ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । व्यवसाय वा औद्योगिक क्षेत्रमा लगानी बढाइँ मनग्गे धन आर्जन गर्न सकिनेछ भने विभिन्न अवसरहरूले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पत्तिको प्रयोग गरी आए बढाउन सकिनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) शैक्षिक वा धार्मिक यात्रा हुने योग रहेको छ । धार्मिक पुस्तक अध्ययन गरी ज्ञान आर्जन गर्न सकिनेछ भने धर्मसँग सम्बन्धीत सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । अनलाइन व्यापार, पहिरन तथा खाद्यान्नमा आज गरिएको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय शुभ रहेको छ । गीत सङ्गीत तथा कला क्षेत्रमा समय दिनेहरूका लागी समय उत्तम रहेको छ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब बढ्नेछ । समय अनुसार अपडेट नहुँदा अरूभन्दा पछि परिनेछ । व्यापारमा तत्काल लगानी नगर्नु नै राम्रो रहनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने जीवन साथीसँग ठाकठुक पर्नेछ । आर्थिक सङ्कटले दैनिकी प्रभावित हुनेछ । तर पनि अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथा प्रियजनसँगको भेटघाटले दिन रमाइलोसँग बिताउन सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथीको सहयोगले राम्रा कामहरू हुनेछन् । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आÏनै मेहनतले जीवन शैलीमा उल्लेख्य परिवर्तन गर्न सकिनेछ । राजनीतिक भेटघाट तथा बैठकमा समय खर्च हुनेछ । प्रविधिको प्रयोग मार्फत काम वा अध्ययनलाई सहज बनाउन सकिनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् । अनलाइन व्यापार तथा औद्योगिक क्षेत्रको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण, रोग तथा शत्रुबाट छुट्करा पाइने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ । यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बौद्धिकताको प्रयोग गरी आफ्नो क्षमतालाई निखार्ने अवसर प्राप्त हुनेछ । मन परेको मानिसबाट छोटो दुरीको यात्राको अफर आउने तथा उपहार प्राप्त हुने योग रहेको छ । आफन्त तथा सन्तानबाट तपाईँले सुरु गरेको काममा सहयोग तथा समर्थन पाइनेछ । राम्रा तथा सुखद समाचार सुन्न पाउँदा मन प्रसन्न हुनेछ । राजनीतिक भेटघाट, बैठक तथा सामाजिक काममा समय व्यातित हुनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले मनग्गे धन आर्जन गर्ने समय रहेको छ । सानो प्रयत्नले कामहरू सम्पादन हुँदा मन प्रसन्न रहनेछ । तर पनि आमा तथा आफन्तसँगको भेटघाटमा सानो विवाद हुन सक्छ ध्यान दिनुहोला । प्रविधि तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशसभा बैठक सुरु
-
६ बुँदे सहमतिसँगै कर्णाली प्रदेश सभाको गतिरोध अन्त्य, के छ लिखित सहमतिमा ?
-
१३ पटक फेरिए आयोजना प्रमुख तर २४ वर्षदेखि उस्तै छ हालत
-
‘फेस अफ नेपाल–२०२६’ को तेस्रो संस्करण सुरु
-
पुनर्निर्माण कोषमा १० हजार सहयोग गर्नेलाई अर्थ मन्त्रालयले कदरपत्र प्रदान गर्ने
-
फुटबलबाट भीएआरको ‘स्लो–मोशन’ र ‘फ्रिज फ्रेम’लाई बिदा गर्नुपर्ने समय आएकै हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण