‘फेस अफ नेपाल–२०२६’ को तेस्रो संस्करण सुरु
काठमाडौँ। ‘फेस अफ नेपाल–२०२६’ को तेस्रो संस्करण सुरु भएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच आयोजक एमएस प्रोडक्सन प्रालिले नयाँ संस्करणका लागि आवेदन खुला भएको जानकारी दिएको छ । प्रतियोगिताको निर्देशकमा अभिनेत्री मेनुका माझी रहेकी छन्।
नेपालभरका १७ देखि ३० वर्ष उमेर समूहका पुरुष तथा महिलाले सहभागिता जनाउन पाउने प्रतियोगितामा प्रतियोगीलाई आत्मविश्वास, व्यक्तित्व, प्रतिभा, सिर्जनशीलता तथा मोडलिङ क्षमताको मूल्याङ्कन गरिनेछ ।
त्यस्तै सहभागीहरूले फिटनेस तथा व्यक्तित्व विकास, ग्रुमिङ, व्यावसायिक स्टाइलिङ, मोडलिङ तथा स्टेज प्रस्तुति प्रशिक्षणलगायत विभिन्न व्यावसायिक तालिम प्राप्त गर्नेछन् ।
प्रतियोगिताको पहिलो चरणको अडिसन यही असार २७ गते हुनेछ । अडिसनबाट छानिएका प्रतियोगी विभिन्न प्रशिक्षण सहित फाइनलमा उत्रिनेछन् ।
प्रतियोगिताको फाइनल विजेताले दक्षिण कोरियामा आयोजना हुने प्रतिष्ठित एसिया मोडल फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मोडलिङ तथा फेसन उद्योगमा व्यावसायिक रूपमा अघि बढ्ने अवसरसमेत पाउनेछन्।
प्रतियोगिताको फाइनल भदौ १४ गते काठमाडौँस्थित रोयल टुलिपमा आयोजना हुनेछ । कार्यक्रममा फेसन तथा मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ अर्ब रुपैयाँ बराबरको बजेट संशोधन गर्ने प्रतिबद्धता, साउन मसान्तभित्र त्रुटि सच्याइने
-
स्वास्थ्य मन्त्रालयले भन्यो– नेपालमा हान्टा भाइरसको जोखिम छैन
-
घानाको डिफेन्स तोड्न डियाजकै जादु पर्खिँदै
-
पराग्वेसँगको पराजयपछि जर्मन प्रशिक्षक नागेल्समानको राजीनामा
-
राष्ट्रियसभामा ६ विधेयक टेबुल
-
अहिलेका एआई प्रणाली ‘वास्तवमा स्मार्ट’ छैनन् : वैज्ञानिक यान लेकुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण