शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘वैकल्पिक राजनीति काठमाडौँ–ललितपुर–चितवन–पोखरा वरिपरि मात्र सीमित हो?’

शनिबार, १९ पुस २०८२, १३ : ०९
शनिबार, १९ पुस २०८२

सारांश

  • भावना राउतले वैकल्पिक राजनीतिमाथि व्यङ्ग्य गर्दै काठमाडौँमा निर्वाचन क्षेत्र थप्नुपर्ने अवस्था आएको बताइन्।
  • उनले नेताहरूलाई राजधानी मात्रै चाहिएको र गाउँ जान कोही तयार नभएको भन्दै प्रश्न उठाइन्।
  • गाउँका मतदातालाई दोष दिने प्रवृत्ति र विकासलाई नारामा सीमित गर्ने कार्यशैलीको उनले आलोचना गरिन्।

काठमाडौँ । ‘वैकल्पिक राजनीति’का उम्मेदवारहरूको दाबेदारी र चुनावी केन्द्रलाई लिएर जेनजी अगुवा भावना राउतले सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गरेकी छिन्। काठमाडौँका निर्वाचन क्षेत्रहरूमा उम्मेदवारहरूको भीड लागेको देख्दा अब यहाँ अझै १०–१२ वटा क्षेत्र थप्नुपर्ने अवस्था आएको भन्दै उनले व्यङ्ग्य गरेकी हुन्। 

सबै नेता र आकाङ्क्षीहरूलाई राजधानी नै चाहिएको तर गाउँ जान कोही तयार नभएको विषयलाई उनले मुख्य प्रश्न बनाएकी छिन्। राउतले हालैको राजनीतिक लहर र ‘वैकल्पिक राजनीति’ भनिने शक्तिहरूको कार्यशैलीमाथि पनि प्रश्न उठाएकी छिन्। सहर केन्द्रित राजनीतिले देशको वास्तविक अवस्थालाई सम्बोधन गर्न नसक्ने उनको भनाई छ।

गाउँका मतदाताको चेतनालाई लिएर गरिने आलोचनाको पनि उनले प्रतिवाद गरेकी छिन्। मतदातालाई दोष दिएर नेताहरू उम्किन खोज्ने प्रवृत्ति दोहोरिन नहुने उनको तर्क छ। 

गाउँको चेतनामा अङ्कुश लागेको भए त्यसको जिम्मेवार दशकौँदेखि गाउँलाई चुनावका बेला मात्रै सम्झने राजनीतिक दलदल नै भएको उनले दाबी गरेकी छिन्। विकासलाई नारामा मात्रै सीमित गर्ने र चुनाव सकिएपछि गाउँ बिर्सने परिपाटीले गर्दा नै समस्या सिर्जना भएको उनको ठम्याइ छ।

यस्तो छ उनको भनाई :

उम्मेदवारको दाबेदारी हेर्दा त काठमाडौँमा अझ १०–१२ वटा निर्वाचन क्षेत्र थप्नै पर्ने जस्तो देखिन्छ। सबैलाई राजधानी नै चाहिएको छ, गाउँ जान कोही तयार छैन। कि अब ‘वैकल्पिक राजनीति’ भनेको काठमाडौँ–ललितपुर–चितवन–पोखरा वरिपरि मात्र सीमित हो?

अनि फेरि गाउँका मतदातालाई दोष दिएर उम्किन खोज्ने बानी नदोहोर्‍याउनु होला। गाउँको चेतनामाथि अङ्कुश लागेको छ भने, त्यो अङ्कुश कसले लगायो? दशकौँदेखि गाउँलाई सम्झनु नपर्ने, चुनावमा मात्रै पुग्ने, विकासलाई नारामा सीमित गर्ने, यही राजनीतिक दलदलले हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप