कांग्रेस नेता खड्का र एमाले नेता अधिकारी रास्वपामा प्रवेश
शनिबार, १९ पुस २०८२, १४ : ४५
सारांश
- नेपाली कांग्रेसका नेता कुमार खड्का र एमाले नेता पुष्प अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे।
- खड्कालाई कांग्रेसले पार्टी उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा निष्कासन गरेको थियो।
- कार्यक्रममा लायन्स नेता मिलन थापा पनि कांग्रेस छोडेर रास्वपा प्रवेश गरे।
पोखरा । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कुमार खड्का र एमाले नेता तथा पर्यटन व्यवसायी पुष्प अधिकारी सहितका नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् । शनिबार पोखरामा आयोजित कार्यक्रममा उनीहरू पार्टी प्रवेश गरेका हुन् ।
खड्का अखण्ड नेपाल पार्टी हुँदै कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेसले पछिल्लो पटक पार्टी उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा उनलाई निष्कासन गरेको थियो । उनी अखण्डमा हुँदा महिला बालबालिका मन्त्री बनेका थिए भने कांग्रेस प्रवेश गरेपछि प्रदेशको भौतिक पूर्वाधार मन्त्री भएका थिए ।
पुष्प रुपाकोट रिसोर्टका सञ्चालक हुन् । सोही कार्यक्रममा लायन्स नेता मिलन थापा पनि कांग्रेस छोडेर रास्वपा प्रवेश गरेकी छिन् । उनीहरूलाई रास्वपा उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिश झा लगायतले पार्टीमा स्वागत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण