पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा विराटनगरको काली मन्दिरमा पूजा अर्चना
सारांश
- पूर्वराजा ज्ञानेन्द्र शाहले विराटनगरको काली मन्दिरमा पूजा अर्चना गरे।
- मन्दिरमा समर्थक र सर्वसाधारणको ठूलो भीड जम्मा भई 'जय श्री राम' नारा लगाए।
- पूजापछि, उनले मन्दिर व्यवस्थापनबारे अध्यक्ष मीनाक्षी नेपालसँग कुराकानी गरेर दमक फर्किए।
विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाहले मोरङको विराटनगरस्थित प्रसिद्ध काली मन्दिरमा पुगेर पूजा अर्चना गरेका छन् । केही दिनदेखि झापाको दमकमा रहँदै आएका शाह शनिबार बिहानै विराटनगर पुगेर मन्दिरको दर्शन गरेका हुन् ।
पूर्वराजा शाह मन्दिर पुग्दा काली मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष मीनाक्षी नेपाल लगायतका पदाधिकारीहरूले उनलाई स्वागत गरेका थिए । मन्दिर परिसरमा पूर्वराजाको दर्शनका लागि समर्थक र सर्वसाधारणको ठुलो भिड लागेको थियो । सो क्रममा उपस्थित मानिसहरूले ‘जय श्री राम’ र ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नाराहरू लगाएका थिए ।
मन्दिर प्रवेश गरेपछि पूर्वराजा शाहले विधिपूर्वक पूजा अर्चना गरेका थिए । पुरोहितहरूले स्वस्तिवाचन र मन्त्रोच्चारणका साथ उनलाई पूजामा सहभागी गराएका थिए । करिब आधा घण्टासम्म मन्दिरमा बिताएका शाहले आरतीमा समेत सहभागी भएर टीका र प्रसाद ग्रहण गरेका थिए ।
पूजा सकिएपछि पूर्वराजा शाहले मन्दिरको व्यवस्थापन र पछिल्लो अवस्थाका बारेमा व्यवस्थापन समितिकी अध्यक्ष मीनाक्षी नेपालसँग संक्षिप्त कुराकानी गरेका थिए । मन्दिरको दर्शन र पूजाका लागि दमकबाट विशेष सवारीमा विराटनगर आएका उनी दर्शन पश्चात् पुनः दमकतर्फ नै फर्किएका छन् ।
विराटनगरको ऐतिहासिक काली मन्दिरमा पूर्वराजाको यो भ्रमणलाई उनका समर्थकहरूले उत्साहका साथ लिएका छन् । मन्दिर वरपर सुरक्षा व्यवस्था पनि निकै कडा पारिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण