आकांक्षी धेरै भएपछि उम्मेदवार तय गर्न एमाले गयो निर्वाचनको बाटोमा
सुर्खेत । दैलेख क्षेत्र नम्बर २ मा नेकपा एमालेलाई उम्मेदवार छनोट गर्न सकस भएको छ । आकांक्षीहरू बढेपछि निर्वाचन नै गर्नुपरेको छ ।
एमालेका धेरै नेताहरू भएको उक्त क्षेत्रबाट कर्णालीका पूर्वसभामुख राजबहादुर शाही, पूर्वसांसद राजबहादुर बुढा, लक्ष्मी पोखरेल र युवा नेता विष्णु रिजाल उम्मेदवारका आकांक्षी छन् ।
रिजाल बाहेकका सबैजसो नेताहरू यसअघि परीक्षण भइसकेका हुन् । पोखरेल ०७९ को निर्वाचनमा पराजित भएका थिए । एमाले क्षेत्र नम्बर २ का निर्वाचन क्षेत्र समन्वय कमिटीका संयोजक कुमारविक्रम शाहीका अनुसार शनिबार जम्बुकाँधमा निर्वाचन भइरहेको छ ।
एमाले प्रतिस्पर्धा र लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको र अहिलेको यो समसामयिक अवस्थामा पार्टीको तर्फबाट एकदम लोकतान्त्रिक विधिद्वारा अपनाइएको उम्मेदवारलाई मात्रै फागुन २१ को निर्वाचनमा लिने भन्ने व्यापक कार्यकर्ताहरूको माग अनुसार निर्वाचन नै गर्नुपरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण