कास्कीका तीनै क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस, वडा सदस्यदेखि निवर्तमान सांसदसम्म
पोखरा । नेकपा एमालेले कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्रको कमिटीले शनिबार बैठक बसेर नाम सिफारिस गरेको हो ।
सिफारिस नाममा हाल महानगरको वहालवाला वडा सदस्यदेखि निवर्तमान सांसदसमेत छन् । कास्की क्षेत्र नम्बर १ बाट निवर्तमान सांसद मनबहादुर गुरुङसहित ८ जना सिफारिस भएका छन् । पार्टीका जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, दिलिप न्यौपाने, पुष्पज्योति ढुंगाना, टिकाराम पंगेनी, पदम प्रसाद पौडेल, बालासिंह काउचा मगर र नारायणी भट्टराईको नाम क्षेत्र नम्बर १ बाट सिफारिस भएको छ ।
क्षेत्र नम्बर २ बाट पोखरा महानगरपालिका–२१ का वडा सदस्य तथा पोखरा महानगरका सार्वजनिक लेखा समिति संयोजक झपट रानाभाटसहित ११ जना सिफारिस भएका छन् । केन्द्रीय सदस्य कृष्णबहादुर थापा, प्रभा कोइराला, रश्मि आचार्य, मीना गुरुङ, सञ्जीव कोइराला, तेजनारायण अधिकारीको नाम सिफारिस भएको छ ।
यस्तै, केशव आचार्य, भेषराज बराल, बलराम आचार्य र रामप्रसाद सुवेदी पनि सिफारिस भएका छन् ।
क्षेत्र नम्बर ३ बाट पनि निवर्तमान सांसद दामोदर बैरागीसहित १३ जना सिफारिस भए । देवीप्रसाद सुवेदी, माधव बास्तोला, लक्ष्मण बराल, भोजकुमारी थापा, नन्दलाल अधिकारी, जगतबहादुर विश्वकर्मा, धनबहादुर नेपाली, राजिव पहारी, कर्णबहादुर गुरुङ सिफारिस भए । सूर्य खड्का बिखर्ची, डिबी नेपाली र ओमप्रसाद सुवेदी पनि सिफारिस भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण