धनुषा-३ मा एमालेबाट जुलीकुमारी महतो एकल सिफारिस
आइतबार, २० पुस २०८२, ०० : ४७
सारांश
- नेकपा एमालेले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री जुलीकुमारी महतोको नाम सिफारिस गरेको छ।
- शनिबार बसेको नेकपा एमाले धनुषा क्षेत्र नम्बर ३ को बैठकले महतोको नाम सर्वसम्मत रूपमा सिफारिस गर्यो।
- महतो २०७९ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएकी थिइन्, र अन्य क्षेत्रका उम्मेदवार छिट्टै टुङ्गो लाग्नेछ।
जनकपुरधाम। फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री जुलीकुमारी महतोको नाम एकल रूपमा सिफारिस गरेको छ ।
शनिबार बसेको नेकपा एमाले धनुषा क्षेत्र नम्बर ३ को क्षेत्रीय कमिटी बैठकले महतोको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो । महतो २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।
नेकपा एमाले धनुषा जिल्ला अध्यक्ष भोला यादवले धनुषा क्षेत्र नम्बर २, ३ र ४ का उम्मेदवार टुङ्गो लागिसकेको जानकारी दिँदै क्षेत्र नम्बर १ को उम्मेदवार आइतबारसम्म टुङ्गो लाग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण