डिआइजिपी रनिङ फुटबलको उपाधि पुलिस स्कुल धरानलाई
सारांश
- डिआइजिपी रनिङ फुटबल प्रतियोगिताको उपाधि पुलिस स्कुल धरानले जित्यो ।
- फाइनलमा पुलिस स्कुलले प्रभात बोर्डिङ स्कुललाई १–० गोलले हरायो ।
- प्रतियोगितामा उत्कृष्ट खेलाडी समिर राई र प्रशिक्षक सागर कार्की घोषित भए ।
सुनसरी । सातौँ संस्करण कोशी प्रदेश अन्तर विद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगिता २०८२ को उपाधि आयोजक नेपाल पुलिस स्कुल धरान (रातो) ले जितेको छ ।
धरान उपमहानगरपालिका–१३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस स्कुलले प्रभात सेकेन्डरी बोर्डिङ स्कुल धरानलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । पुलिस स्कुलका विकास मगरले पहिलो हाफको सातौँ मिनेटमा गोल गरेका थिए । टोली कप्तान समिर राईको पासमा डिबक्स बाहिरबाट गरेको उक्त गोल नै आजको फाइनल खेलको निर्णायक बन्यो । मगरले फाइनल खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुँदै नगद रु एक हजार पाँच पुरस्कार प्राप्त गरे ।
विजेता नेपाल पुलिस स्कुलले उपाधिसँगै नगद रु ८१ हजार पाँच, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता प्रभात सेकेन्डरी बोर्डिङ स्कुलले नगद ४१ हजार पाँच, मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिता संयोजक प्रहरी निरीक्षक सुरेशकुमार हायुले जानकारी दिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ता नेपाल पुलिस स्कुलका समिर राई घोषित भए । यस्तै, उत्कृष्ट प्रशिक्षक नेपाल पुलिस स्कुलका सागर कार्की घोषित भए । उत्कृष्ट मिडफिल्डर प्रभात सेकेन्डरी बोर्डिङ स्कुलका नेम्साङ राई, उत्कृष्ट डिफेन्डर प्रभात स्कुलका रिदम पाण्डे, उत्कृष्ट गोलकिपर नेपाल पुलिस स्कुलका सोनाहाङ राई तथा उदीयमान खेलाडी नेपाल पुलिस स्कुल (नीलो) का यारिन भुजेल घोषित भए । उनीहरूलाई जनही रु दुई हजार पाँच पुरस्कार प्रदान गरियो । नेपाल पुलिस स्कुल धरानको आयोजनामा यही पुस ९ गतेदेखि सुरु भएको सातौँ संस्करणको कोशी प्रदेशस्तरीय विद्यालय डिआइजिपी रनिङ कप फुटबल प्रतियोगितामा प्रदेशका १६ टोलीको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण