कैलाली जिल्ला क्रिकेट संघको ९ औँ साधारणसभा सम्पन्न, खेलाडीलाई मासिक तलब र नगद सम्मान
सारांश
- कैलाली जिल्ला क्रिकेट संघको ९औँ वार्षिक साधारणसभा धनगढीमा सम्पन्न भयो, जसले क्रिकेट विकासका लागि निर्णय गर्यो।
- साधारणसभाले ८ जना उत्कृष्ट खेलाडीलाई ६ महिनाका लागि मासिक ५ हजार रुपैयाँ दिने निर्णय गर्यो।
- सुदूरपश्चिम प्रदेशस्तरीय विजेता टोली र यू-१९ महिला क्रिकेट टोलीलाई नगद ५० हजार रुपैयाँले सम्मान गरियो।
धनगढी । कैलाली जिल्ला क्रिकेट संघको ९औँ वार्षिक साधारणसभा शनिबार धनगढीमा सम्पन्न भएको छ। धनगढीस्थित निर्माण व्यवसायी संघको सभाहलमा आयोजित साधारणसभाले जिल्लामा क्रिकेटको विकास तथा खेलाडीको मनोबल अभिवृद्धि गर्ने उद्देश्यसहित महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
साधारणसभाले कैलाली जिल्लाबाट प्रतिनिधित्व गर्ने ८ जना उत्कृष्ट क्रिकेट खेलाडीलाई आगामी ६ महिनाका लागि सम्झौतामा राखी मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । सम्झौतामा रहने खेलाडीहरूमा शेर मल्ल, नारायण जोशी, टेक रावत, अभिषेक पाल, आयुव चन्द, निश्चल क्षेत्री, बसन्त कार्की र स्नेहा महरा रहेका छन् ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेशस्तरीय प्रतियोगितामा लगातार तीनपटक विजेता बन्न सफल सिनियर पुरुष क्रिकेट टोलीलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको छ । यू–१९ महिला क्रिकेट टोलीलाई पनि ५० हजार रुपैयाँ नगद राशिसहित सम्मान प्रदान गरिएको संघले जनाएको छ ।
साधारणसभाका अवसरमा पूर्वखेलाडी तथा खेलप्रेमी ठक्करबहादुर बम, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव लोकबहादुर खड्का, महिला क्रिकेट खेलाडी स्नेहा महरा र यू–१९ खेलाडी निश्चल क्षेत्रीलाई विशेष सम्मान प्रदान गरिएको थियो ।
कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष बिक्रम विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य नारायण दत्त भट्ट रहेका थिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव लोकबहादुर खड्का, नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य धिरेन्द्र साउद, फाप्ला अन्तर्राष्ट्रिय खेलग्राम विकास समितिका अध्यक्ष सुवास शाही, धनगढी उपमहानगरपालिका वडा नं। ४ का अध्यक्ष बुद्धिबहादुर खड्का, जिल्ला खेलकुद विकास समितिका प्रमुख आश्रम केसी, प्रादेशिक क्रिकेट संघका कोषाध्यक्ष दिनेश सिंह लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण