बालबालिकालाई न्यानो कपडा वितरण
सारांश
- गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा ७०६ बालबालिकालाई न्यानो कपडा वितरण गरियो।
- सात विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट, ट्राउजर र टोपी वितरण गरियो।
- जाडोयाममा न्यानो लुगाको अभावमा विद्यालय जान समस्या नहोस् भनेर कपडा दिइयो।
गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाभित्रका ७०६ बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । विभिन्न सात विद्यालयमा अध्ययनरत बालबालिकालाई चिसोबाट जोगाउन जनालाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।
गाउँ वातावरण नेपालको सहयोगमा पालिकाभित्रका बालबालिकालाई ट्रयाकसुट, ट्राउजर तथा न्यानो टोपी वितरण गरिएको हो । जसअन्तर्गत माइकोट माध्यमिक विद्यालय ताकुकोटका १४३, माझथर मावि माझथरका ३६५ र भगवती आधारभूत विद्यालय मान्द्रेका ७६ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको उनले बताए ।
त्यसैगरी, चन्द्रकला आधारभूत विद्यालय आरुखर्कका ६७, मूलदेवी आधारभूत विद्यालय ग्याजी हुडिफाँटका ३३, धर्मवती आधारभूत विद्यालय भालुस्वाराका १३ र नारदपोखरी आधारभूत विद्यालय तुम्सिकाका सात बालबालिकालाई न्यानो कपडा वितरण गरिएको अध्यक्ष भट्टको भनाइ छ ।
जाडोयाममा पहाडी ग्रामीण भेगका बालबालिकालाई न्यानो लुगाको अभावमा विद्यालय जान कठिनाइ नहोस् भन्ने उद्देश्यले दाताहरूसँग समन्वय गरी न्यानो कपडा वितरण गरिएको हो । तीन दिनसम्म प्रत्येक विद्यालय नै पुगेर कपडा वितरण गरिएको उनले बताए ।
अघिल्लो वर्ष न्यानो कपडा वितरण नभएका विद्यालय छनोट गरेर यस वर्ष न्यानो कपडा वितरण गरिएको हो । पर्यटन व्यवसायीसमेत रहनेका समाजसेवी ठाकुर धिताल र बारपाक सलिकोटका नरबहादुर गुरुङको विशेष पहलमा संस्थासँग समन्वय गरेर बालबालिकालाई न्यानो कपडा उपलब्ध गराइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण