विजय देवरकोन्डाको ‘किङ्गडम २’ नबन्ने
सारांश
- विजय देवरकोन्डाको फिल्म 'किङ्गडम २' को निर्माण रद्द गरिएको छ, जुन बक्स अफिसमा असफल भएपछि निर्माताले निर्णय गरेका हुन्।
- फिल्मको सिक्वेलको पर्खाइमा रहेका फ्यानका लागि यो निर्णय ठूलो झट्का हो, तर निर्माताले निर्देशक गौतम तिन्नानुरीसँग नयाँ फिल्म बनाउने तयारी गर्दैछन्।
- विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दानाको आगामी फेब्रुअरी २६ मा उदयपुरमा विवाह हुने चर्चा छ, जहाँ परिवार र साथीहरू मात्र सहभागी हुनेछन्।
मुम्बई । साउथ सुपरस्टार विजय देवरकोन्डाको बहुप्रतिक्षित फिल्म ‘किङ्गडम २’ को निर्माण रद्द भएको छ। सन् २०२५ मा रिलिज भएको एक्सन थ्रिलर फिल्म ‘किङ्गडम’ बक्स अफिसमा फ्लप भएपछि निर्माता नागा वामसीले यसको दोस्रो भाग नबनाउने निर्णय गरेका हुन्।
गौतम तिन्नानुरीको निर्देशनमा बनेको यस फिल्ममा विजयसँगै भाग्यश्री बोर्से मुख्य भूमिकामा थिइन्। फिल्मको सिक्वेलको पर्खाइमा रहेका फ्यानका लागि निर्माताको यो घोषणा एउटा ठूलो झट्का साबित भएको छ। निर्माता वामसीले पुरानो फिल्मको असफलताले निर्देशकलाई चोट पुग्ने भन्दै अब नयाँ प्रोजेक्टमा ध्यान केन्द्रित गर्ने स्पष्ट पारेका छन्। फिल्म रद्द भए पनि निर्माता वामसीले निर्देशक गौतम तिन्नानुरीसँग अर्कै विधाको नयाँ फिल्ममा सहकार्य गर्ने तयारी गरिरहेका छन्।
अर्कोतर्फ, विजय देवरकोन्डा यतिबेला आफ्नो व्यावसायिक जीवनभन्दा बढी व्यक्तिगत सम्बन्धका कारण चर्चामा छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका विजय र अभिनेत्री रश्मिका मन्दाना आगामी फेब्रुअरी २६ मा विवाह बन्धनमा बाँधिने चर्चा चलेको छ।
राजस्थानको उदयपुरमा हुने यो निजी विवाह समारोहमा दुवैका परिवार र निकट साथीहरूको मात्र उपस्थिति रहने र त्यसका लागि तयारीहरू तीव्र पारिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण