बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

८ सय करोड कमाउने पहिलो हिन्दी फिल्म बन्यो ‘धुरन्धर’

आइतबार, २० पुस २०८२, १४ : ०८
आइतबार, २० पुस २०८२

सारांश

  • चलचित्र 'धुरन्धर' ले प्रदर्शनको ३०औं दिनमा ८०० करोड रुपैयाँ नेट कलेक्सनको आँकडा पार गर्यो।
  • यो रेकर्ड अहिलेसम्म कुनै पनि हिन्दी फिल्मले बनाएको थिएन र 'पुष्पा २' को रेकर्ड तोड्ने क्रममा छ।
  • 'धुरन्धर' ले पाँचौँ हप्तामा पनि राम्रो कमाइ गर्दै बक्स अफिसमा नयाँ इतिहास रचेको छ।

मुम्बई । हिन्दी फिल्मको इतिहासमा एउटा नयाँ अध्याय लेखिएको छ । बहुचर्चित फिल्म ‘धुरन्धर’ ले प्रदर्शनको ३०औँ दिन अर्थात् पाँचौँ शनिबार भारतमा ८ सय करोड रुपैयाँ नेट कलेक्सनको आँकडा पार गर्दै आफ्नो नामको इतिहास बनाउन सफल भएको हो ।

अहिलेसम्म बक्स अफिसमा हिन्दी फिल्मले यो रेकर्ड बनाएको छैन । फिल्म ‘पुष्पा २’ को रेकर्ड तोड्न अघि बढिरहेको छ । ‘पुष्पा २’ को ८३० करोडको रेकर्ड छ । सामान्यतया ठुला फिल्महरू चौथो वा पाँचौँ हप्तासम्म आइपुग्दा कमाइको रफ्तार गुमाउँछन् तर ‘धुरन्धर’ यस मामिलामा अपवाद साबित भएको छ ।

पाँचौँ हप्ताको शुक्रबार फिल्मले करिब ९.७० करोड रुपैयाँ र शनिबार १२.६० करोड रुपैयाँको कमाइ गर्यो । फिल्मको अहिलेसम्म कुल भारतीय नेट कलेक्सन ८०६.८० करोड पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप