कार्यकाल पूरा गरी बिदा भए सुरेन्द्र बस्नेत
सारांश
- राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले चार वर्षे कार्यकाल पूरा गरी बिदा लिएका छन्।
- उनले युवालाई राष्ट्र निर्माणको साझेदार बनाउन भूमिका खेलेको र युवा नीति २०८२ जारी गरेको बताए।
- बस्नेतले युवा उद्यम कार्यक्रम अन्तर्गतको करिब १९ करोड रुपैयाँ कर्जा असुल गरी सरकारी कोषमा फिर्ता गरे।
काठमाडौँ । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले आफ्नो चार वर्षे कार्यकाल पूरा गरी पदबाट बिदा भएका छन्। आइतबार भक्तपुरस्थित परिषद्को कार्यालयमा आफ्नो कार्यकालको श्वेतपत्र सार्वजनिक गर्दै बस्नेतले सीमित स्रोत र साधनका बावजुद युवालाई राष्ट्र निर्माणको साझेदार बनाउन महत्वपूर्ण भूमिका खेलेको दाबी गरे।
२०७८ पुस २१ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारबाट नियुक्त भएका बस्नेतले युवाको सर्वाङ्गीण विकासका लागि विभिन्न नीतिगत र व्यवहारिक सुधारका कामहरू भएको उल्लेख गरे। आफ्नो कार्यकालको मुख्य उपलब्धिका रूपमा बस्नेतले राष्ट्रिय युवा नीति २०८२ जारी भएको र युवा उद्यम कार्यक्रम अन्तर्गत बिना धितो प्रवाह गरिएको करिब १९ करोड रुपैयाँ बराबरको कर्जा असुल गरी सरकारी कोषमा फिर्ता गराएको जानकारी दिए।
साथै, युवाहरूको नेतृत्व विकास, कूटनीतिक क्षमता अभिवृद्धि, विपद् व्यवस्थापन र कला साहित्यका क्षेत्रमा युवा सहभागिता बढाउन प्रभावकारी काम भएको उनले बताए। विदाई कार्यक्रममा उनले ‘युथ भिजन २०३५’ अविलम्ब जारी गर्न र छरिएर रहेका स्टार्टअप कार्यक्रमहरूलाई एकीकृत गरी परिषद्मार्फत सञ्चालन गर्न सुझाव समेत दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण